Australia मा Bondi Sands ले SPF जोखिमपछि फिर्ता गर्यो Five Batches Sunscreen

अष्ट्रेलियाको चर्चित सौन्दर्य ब्रान्ड Bondi Sands पनि SPF प्रभावकारितासम्बन्धी बढ्दो चिन्ताबीच Sunscreen फिर्ता गर्ने सूचीमा थपिएको छ।

कम्पनीले Therapeutic Goods Administration (TGA) सँगको सहमतिअनुसार Zinc Mineral Sunscreen SPF 50+ का दुई उत्पादनका पाँच ब्याच तत्काल बजारबाट हटाएको पुष्टि भएको छ। प्रभावित ब्याचमा uneven texture, water separationformula स्थिर रुपमा नबस्ने समस्या देखिएको TGA ले जनाएको छ, जसले उत्पादनले दाबी गरिएको SPF स्तरमा कमी ल्याउन सक्छ। Face Lotion 60ml का GC032084 र 4843 तथा Body Lotion 120ml का GC032114, GC063314 र 4844 ब्याचलाई तुरुन्त प्रयोग नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।

Bondi Sands ले प्रभावित उत्पादन खरिद गरेका ग्राहकलाई product return गर्न, replacement लिन वा full refund पाउन सुझाव दिएको छ।

कम्पनीले “ग्राहकलाई परेको असुविधाप्रति माफी माग्दै आफ्नो quality र safety प्रति प्रतिबद्धता यथावत रहेको दोहोर्‍याएको छ।

कम्पनीका अन्य उत्पादन भने प्रभावित नभएको स्पष्ट गरिएको छ। TGA का अनुसार हालसम्म अष्ट्रेलियामा २० भन्दा बढी sunscreen SPF claim पूरा नगरेको आशंकामा बजारबाट हटाइएका छन्।

SPF विवाद भने उपभोक्ता अधिकार समूह Choice ले जुन महिनामा गरेको independent testing पछि सुरु भएको हो, जसमा धेरै Sunscreen उत्पादनले दाबीअनुसारको SPF नपुगेको देखिएको थियो।

spot_img

Bondi Sands को नाम प्रारम्भिक सूचीमा नरहे पनि अहिले देखिएको formula separation ले SPF को stability, विश्वसनीयता र बजारमा उपलब्ध mineral sunscreen को quality बारे नयाँ प्रश्न उठाएको छ।

अष्ट्रेलियामा गर्मी नजिकिंदै गर्दा Sunscreen recall लगातार बढिरहेको छ। TGA र स्वास्थ्य विशेषज्ञहरूले उपभोक्तालाई आफ्ना घरमा रहेका sunscreen को batch number जाँच गर्न, जोखिमयुक्त उत्पादन तुरुन्त फिर्ता गर्न, र सुरक्षित तथा प्रमाणित विकल्प रोज्न आग्रह गरेका छन्।