Australia ले सन् 2030 सम्ममा 1.2 million अर्थात् 12 लाख Tech रोजगारी सिर्जना गर्ने योजना अघि सारेको थियो, तर पछिल्लो तथ्यांक र विश्लेषणले यो महत्वाकांक्षा अब गम्भीर संकटमा परेको देखाएको छ।सरकारी निकाय Department of Industry, Science and Resources (DISR) द्वारा जारी वार्षिक प्रतिवेदन अनुसार, 2025 आर्थिक वर्ष (FY 2025) मा Australia को Tech Sector 2020 पछि पहिलोपटक संकुचनमा पुगेको अर्थात् growth घट्दै नकारात्मक दिशामा गएको छ। प्रतिवेदनले यस अवधिमा करिब 31 हजारभन्दा बढी Tech रोजगारी (tech jobs) हराएको उल्लेख गर्दै, यो प्रवृत्तिले देशको प्रविधि रोजगारी बजार (technology employment market) मा गम्भीर दबाब सिर्जना गरेको चेतावनी दिएको छ।
Tech Council of Australia (TCA) द्वारा सन् 2022 मा सार्वजनिक गरिएको “Getting to 1.2 Million” रोडम्यापले देशमा सन् 2030 सम्म कुल 12 लाख Tech रोजगारीको लक्ष्य राखेको थियो। त्यतिबेला Australia मा करिब 8 लाख 61 हजार Tech रोजगारी थिए, जसलाई प्रत्येक वर्ष स्थिर दरमा वृद्धि गर्दै दशकको अन्त्यमा लक्ष्यमा पुर्याउने योजना थियो। तर पछिल्लो तथ्यांकअनुसार अहिले देशभर करिब 9 लाख 35 हजार Tech रोजगारी मात्र बाँकी छन्, जसले Australia आफ्नो लक्ष्यबाट पछि परिसकेको पुष्टि गर्छ।
विश्लेषकहरूका अनुसार यो केवल आँकडा(analysts)को गिरावट होइन, देशको Digital Economy र प्रविधि-आधारित भविष्यमा ठुलो चुनौती हो। Tech रोजगारीहरू उच्च आय, सिर्जनात्मकता, लचकता र विश्वव्यापी प्रतिस्पर्धामा Australia को बलियो आधार मानिन्छ। तर हालको गिरावटले त्यो विश्वासमा दरार ल्याएको छ। प्रविधिको तीव्र विकाससँगै Artificial Intelligence (AI), Automation र Outsourcing को प्रभाव बढिरहेको छ, जसले परम्परागत Tech लाई प्रतिस्थापन गर्न थालेको छ।
वर्तमान अवस्थामा Australia को Tech उद्योगले गहिरो चुनौती सामना गरिरहेको छ। दक्ष जनशक्ति र अनुभवी प्राविधिकहरूको अभाव गहिरिँदै गएको छ, जसका कारण कम्पनीहरूले योग्य कर्मचारी खोज्न कठिनाइ भोगिरहेका छन्। विश्वविद्यालय र तालिम प्रणालीले उद्योगको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सकेका छैनन्। महिलाहरू, क्षेत्रीय समुदाय र उमेर भएका जनशक्तिको सहभागिता अझै न्यून छ, जसले विविधता र समावेशीकरणमा बाधा पुर्याएको छ। साथै, गैर-Tech उद्योगहरूमा रहेका Tech-सम्बन्धी भूमिका पनि घट्दै गएपछि समग्र श्रमबजारमा असन्तुलन देखा परेको छ।

Australia सरकारले यस समस्यालाई समाधान गर्न 2022 मा उद्योगसँग साझेदारी गर्दै “National Tech Workforce Strategy” लागू गरेको थियो। यसअन्तर्गत जनचेतना अभिवृद्धि, शिक्षा सुधार, विविधता प्रोत्साहन, लक्षित Skilled Migration र उद्योग–शिक्षा सहकार्यलाई प्राथमिकता दिइएको छ। साथै सरकारले नि:शुल्क TAFE(Technical and Further Education) तालिम, डिजिटल सीप कार्यक्रम र R&D Incentives योजना पनि अघि सारेको छ। तर नीति र व्यवहारबीचको अन्तरका कारण ती पहलले अपेक्षित परिणाम दिन सकेका छैनन्।
यसैबीच, Australia का अग्रणी Tech उद्यमी Richard White ले सुरु गरेको “Corporate Partnership for Tech Jobs” अभियानले शिक्षालय र उद्योगबीच प्रत्यक्ष सहकार्यलाई बलियो बनाउन आह्वान गरेको छ। उक्त अभियानले “Earn and Learn” मोडेलमार्फत विद्यार्थीहरूलाई अध्ययनकै क्रममा वास्तविक कामको अनुभव दिलाउने र सीप विकासमा जोड दिने उद्देश्य राखेको छ।
यदि यही प्रवृत्ति जारी रह्यो भने Australia लाई 2030 सम्म लक्ष्य पुरा गर्नका लागि अझै करिब 6 लाख 50 हजार नयाँ Tech रोजगारी सिर्जना गर्नुपर्नेछ, जुन अहिलेको आर्थिक र प्राविधिक गतिलाई हेर्दा अत्यन्त चुनौतीपूर्ण देखिन्छ। विश्लेषकहरूका अनुसार समयमै सुधारात्मक कदम चालिएन भने Australia डिजिटल प्रतिस्पर्धामा पछाडि पर्ने जोखिममा छ।
Tech रोजगारी घट्नु केवल श्रमबजारको समस्या होइन, यो Australia को दीर्घकालीन Digital Strategy, नवप्रवर्तन क्षमताको विकास र विश्वस्तरीय प्रविधि उद्योगमा नेतृत्व गर्ने क्षमता सँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो।





