अष्ट्रेलियाको fast food बजार फेरि एकपटक Chicken Boom को लहरमा फर्किएको छ। बढ्दो महँगी सँगै गो–मासु (गाई वा साँढेको मासु – beef) र सुँगुरको मासुको मूल्य वृद्धि हुँदा ठूला fast food chains ले अब सस्तो र लोकप्रिय प्रोटिन स्रोतका लागी chicken लाई आफ्नो प्रमुख व्यवसायिक रणनीति बनाएका छन्।
देशकै अग्रणी फास्ट–फुड कम्पनी McDonald’s Australia ले हालै सुरु गरेको नयाँ उत्पादन “McWings” ले छोटो अवधिमै असाधारण सफलता पाएको छ। सुरुवाती रूपमा परीक्षणका रूपमा ल्याइएको यो menu itemले ग्राहकहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीले यसलाई स्थायी रूपमा मेनुमा राखेको छ। कम्पनीका अनुसार “McWings” ले बिक्री र नाफा दुवैमा अपेक्षाभन्दा बढी योगदान पुर्याएको छ।
अष्ट्रेलियाली उपभोक्ताहरू विश्वमै सबैभन्दा धेरै chicken consumption गर्ने समूहमा पर्छन्। हाल सार्वजनिक भएको तथ्याङ्कअनुसार, सन् २०२४–२५ मा प्रतिव्यक्ति औसत चिकन खपत ५४ किलो पुगेको छ — जुन अन्य मासुका तुलनामा उल्लेखनीय रूपमा उच्च हो। यसले अष्ट्रेलियाली खानपान संस्कृति अब स्थायी रूपमा chicken-centric बन्दै गएको सङ्केत गर्छ।
त्यसैबीच, KFC, Hungry Jack’s, र Guzman y Gomez जस्ता प्रमुख फास्ट–फुड ब्रान्डहरूले पनि बढ्दो लागत र प्रतिस्पर्धी बजारबीच नाफा कायम राख्नका लागि chicken-based menu strategy अपनाइरहेका छन्। यी ब्रान्डहरूले नयाँ स्वाद, मसला, र प्रस्तुतीकरणमा विविधता ल्याउँदै बजारमा आफ्नो उपस्थिति सुदृढ बनाइरहेका छन्।
खाद्य उद्योगका विज्ञहरूका अनुसार, बढ्दो cost of living ले उपभोक्तालाई “budget-friendly yet protein-rich” खाने विकल्प रोज्न प्रेरित गरेको छ। गोमासु र सुँगुरको मूल्यमा निरन्तर वृद्धि भइरहेका कारण चिकन बजारले सस्तो र स्थायी विकल्पको रूपमा पुनः अग्रस्थान पाएको हो।
उद्योग विश्लेषक Jason Haywardका भनाइअनुसार, “हाल देखिएको chicken boom केवल छोटो अवधिको व्यापारिक उछाल होइन, यो उपभोक्ता व्यवहारमा आएको स्थायी परिवर्तन हो। अहिले अष्ट्रेलियाली उपभोक्ताले चिकनलाई आफ्नो दैनिक जीवनको अङ्ग बनाएका छन्।”
KFC Australia ले पनि पछिल्ला केही महिनामा बिक्री दोहोरो अंकले बढेको जनाएको छ। कम्पनीका अनुसार नयाँ फ्लेभर, सस्तो मूल्य, र तीव्र सेवा प्रणालीले ग्राहकहरूको आकर्षण निरन्तर बढाइरहेको छ।
फास्ट–फुड बजारका विश्लेषकहरूले भनेका छन्, “अहिलेको अष्ट्रेलियाली फास्ट–फुड उद्योग-‘cheap and cheerful chicken’ को युगमा छ, जहाँ सस्तो मूल्य र स्वादिलो विकल्पले आर्थिक दबाबबीच पनि बजारलाई सजीव बनाइरहेको छ।”
अर्थशास्त्रीहरू भन्छन — “यो प्रवृत्ति आगामी वर्षहरूमा पनि निरन्तर रहनेछ, जसले अष्ट्रेलियाको फास्ट–फुड उद्योगमा स्थायित्व र नयाँ प्रतिस्पर्धात्मक मोडेल ल्याउनेछ।”




