नयाँ सर्वेक्षणले देखायो — ट्रम्प नेतृत्वको अमेरिकासँग अष्ट्रेलियाको विश्वास र मूल्यगत सम्बन्ध कमजोर हुँदै

राष्ट्रपति Donald Trump को नेतृत्वमा Australia र America बीच साझा मूल्य र विश्वास कमजोर हुँदै गएको नयाँ YouGov Poll ले देखाएको छ। The Australia Institute का लागि गरिएको सर्वेक्षण अनुसार, केवल ८ प्रतिशत अष्ट्रेलियालीले रक्षा मन्त्री Richard Marles का “democracy and rule of law” जस्ता साझा मूल्यबारेका भनाइसँग कडा सहमति जनाएका छन्। तर अधिकांशले भने अहिलेको Trump administration अन्तर्गत यी मूल्यहरू कमजोर बनेका र Australia र America बीचको समानता घटेको बताएका छन्।

सर्वेक्षण अनुसार ४८ प्रतिशत अष्ट्रेलियालीले Trump को पुनःनिर्वाचनपछि देश “less secure” भएको महसुस गरेका छन्। १३ प्रतिशतले मात्र “more secure” भएको भनेका छन् भने ३१ प्रतिशतले स्थिति यथावत रहेको बताएका छन्। तर America लाई अझै पनि “reliable ally” मान्ने अष्ट्रेलियालीहरूको संख्या ४४ प्रतिशत रहेको छ, जबकि ४७ प्रतिशतले असहमत जनाएका छन्।

अध्ययनले Australia को सुरक्षा साझेदारी AUKUS agreement बारे पनि मतभेद प्रष्ट्याएको छ। ४६ प्रतिशतले सम्झौताले Australia लाई “safer” बनाएको र ४१ प्रतिशतले “in national interest” रहेको बताएका छन्। ३३ प्रतिशत अझै अनिश्चित छन्, तर आधाभन्दा बढी उत्तरदाताले यसबारे parliamentary inquiry हुनुपर्ने बताएका छन्। रक्षा मन्त्रीले भने अमेरिकामा देखिएका चिन्ताहरूबीच पनि nuclear submarine deal सुदृढ रहेको बताएका छन्।

त्यस्तै आधा अष्ट्रेलियालीले America “less democratic” भएको र त्यहाँ यात्रा गर्दा असुरक्षित महसुस हुने बताएका छन्। Australia Institute की Dr. Emma Shortis का अनुसार, “अष्ट्रेलियालीहरू अहिले अमेरिकामा भइरहेको अवस्थाबारे चिन्तित छन् — आधा जनसंख्याले त्यहाँ यात्रा गर्न नै असुरक्षित महसुस गरेका छन्।”

प्रधानमन्त्री Anthony Albanese र राष्ट्रपति Donald Trump बीच हालै White House मा भएको प्रत्यक्ष भेटलाई राजनीतिक रूपमा “successful meeting” भनिए पनि जनमतमा अझै दूरी कायम छ। Dr. Shortis भन्छिन , “हामी बारम्बार सुनाउँछौं कि Australia र America shared values मा आधारित छन्, तर यी तथ्यांकले देखाउँछन् — अष्ट्रेलियालीहरू Trump’s America सँग त्यस्तो सहमति राख्दैनन्।”

यो YouGov Survey अक्टोबर २७ देखि ३० सम्म ( Albanese–Trump बैठकको केही दिनपछि)गरिएको हो l नतिजाले Australia र America बीचको विश्वासमा देखिएको दूरी अब जनस्तरमा स्पष्ट रूपमा बढ्दै गएको संकेत दिएको छ।

spot_img