अष्ट्रेलियाको भिक्टोरिया (Victoria) र तल्लो न्यू साउथ वेल्स (Lower New South Wales) का उच्च हिमाली क्षेत्रहरूमा नोभेम्बरको सुरुवातमै अप्रत्याशित रूपमा बाक्लो हिमपात (Snowfall) भएको छ। सोमवार राति दक्षिण–पूर्वी अष्ट्रेलिया हुँदै आएको चिसो फ्रन्ट (Cold Front) को कारणले माउन्ट होथम (Mount Hotham) र वरपरका क्षेत्र सेताम्य बनेका हुन्।
मंगलबार बिहानैदेखि माउन्ट होथम अल्पाइन स्की रिसोर्ट (Hotham Alpine Ski ) वरिपरि बाक्लो हिउँ जमेको देखिएको छ। Hotham Alpine Ski Resort का अनुसार यो असामान्य हिमपात हो, किनकि सामान्यतया नोभेम्बरमा यो क्षेत्रमा हिउँ पग्लिसकेको हुन्छ। स्थानीय बासिन्दा र पर्यटकहरू दुवै यस वर्षको अप्रत्याशित मौसम परिवर्तनले आश्चर्यचकित बनेका छन्।
वातावरणीय पूर्वानुमान ब्यूरो (Bureau of Meteorology) का अनुसार, मेलबर्न (Melbourne) मा आजको उच्चतम तापक्रम १७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। तर, पश्चिमी दिशाबाट बहिरहेको तीव्र हावाका कारण वास्तविक तापमान त्योभन्दा करिब पाँच डिग्रीसम्म कम हुने सम्भावना छ।
मेलबर्न कप (Melbourne Cup) को सार्वजनिक बिदाको दिनमा राजधानीको मौसम अत्यधिक चिसो र बनेको छ। मौसमविद्हरूका अनुसार आज दिनभरि अस्थिर मौसम रहने र बेलुकीतिर Thunderstorm सहित हल्का वर्षा वा असिना पर्ने सम्भावना उच्च रहेको छ।
Mount Hotham मेलबर्नबाट करिब पाँच घण्टाको दूरीमा अवस्थित प्रसिद्ध स्की गन्तव्य(ski destinations) हो। यहाँ सामान्यतया नोभेम्बर महिनासम्म हिउँ पग्लिसकेको हुन्छ, तर यस वर्षको चिसो हावाले शीत ऋतु (Winter) को अनुभूति पुनः गराएको छ।
सन् २०२५ को अधिकांश समय मेलबर्न सुख्खा रहँदै आएको छ। जनवरीदेखि अक्टोबरसम्म सात महिनामा औसतभन्दा कम वर्षा (Rainfall) भएको मौसम विभागले जनाएको छ। यसपटकको अप्रत्याशित हिमपातले मौसम चक्रमा फेरि परिवर्तन आएको संकेत गरेको छ।
मौसम विज्ञ जोसेफ साह्युन (Joseph Sahyoun) का अनुसार, “दक्षिणी महासागर (Southern Ocean) बाट आएको ठंडा हावा र कम दवाव प्रणाली (Low-Pressure System) ले यो असामान्य परिस्थिती सिर्जना गरेको हो।”
यो हिमपातले भिक्टोरियाको उच्च क्षेत्रहरूमा छोटो समयका लागि हिउँ पर्यटन (Snow Tourism) पुनः सक्रिय बनाउन सक्छ, तर लगातारको चिसो र हावाले तल्लो क्षेत्रका बासिन्दा र यात्रुका लागि चुनौती थपेको छ।





