तीन शहर, एक देश, तीन अद्भुत बिहान—सिड्नी, मेलबर्न र गोल्ड कोस्ट विश्वका शीर्ष १० सूर्योदय गन्तव्यमा।

विश्वभरका सूर्योदय प्रेमीहरूका लागि गरिएको नवीनतम अध्ययन अनुसार अष्ट्रेलियाका तीन प्रमुख शहरहरू — सिड्नी (Sydney), मेलबर्न (Melbourne) र गोल्ड कोस्ट (Gold Coast) — विश्वका शीर्ष १० उत्कृष्ट सूर्योदय गन्तव्यमा परेका छन्।

यो अध्ययन Travelbag नामक Travel company ले सार्वजनिक गरेको हो, जसले Instagram र TikTok मा सूर्योदयसम्बन्धी ह्यासट्यागहरूको संख्यालाई आधार मानेर विश्वका सबैभन्दा लोकप्रिय सूर्योदय स्थानहरूको सूची तयार गरेको छ। सामाजिक सञ्जालमा लाखौँ प्रयोगकर्ताले पोस्ट गरेका तस्वीर र भिडियोहरूको विश्लेषणपछि तयार गरिएको उक्त सूचिमा अष्ट्रेलियाले उल्लेखनीय उपस्थिति जनाएको छ।

सूचीमा पहिलो स्थानमा इन्डोनेसियाको बाली (Bali, Indonesia)रहेको छ, जसले Instagram मा ३३,९०० र TikTok मा २,२६१ ह्यासट्याग पाएको बताइएको छ। दोस्रो स्थानमा अष्ट्रेलियाको सिड्नी पर्न सफल भएको छ। सिड्नीको प्रसिद्ध Sydney Harbour वरिपरि सूर्योदय हेर्न पाइने दृश्यलाई “विश्वकै सबैभन्दा मनमोहक” भनिएको छ। त्यहाँका बन्दरगाह, पुल र समुद्रको मिश्रणले सूर्योदयका तस्बिरहरूलाई विशेष आकर्षक बनाउने अध्ययनमा उल्लेख छ।

अष्ट्रेलियाको Melbourne पाँचौँ स्थानमा परेको छ। मेलबर्न सहरको Yarra River वरिपरि बिहानको कोमल घाम परेपछि देखिने दृश्यलाई ‘सांस्कृतिक र आधुनिक सहरको शान्त पहिचान’ भनिएको छ। त्यसैगरी, Gold Coast सातौँ स्थानमा परेको छ, जहाँ स्थानीय बासिन्दा र पर्यटकहरू बिहानै समुद्र किनारमा सूर्योदय हेर्न निस्कने चलन रहेको उल्लेख छ।

अन्य शीर्ष स्थानमा Miami (USA) तेस्रो, Dubai (UAE) चौथो,Tokyo (Japan) आठौँ, Singapore नौौँ र Cancun (Mexico) दसौँ स्थानमा परेका छन्।

Travelbag का अनुसार, “यो सूचीले केवल प्राकृतिक सुन्दरतामाथि आधारित आकर्षण मात्र होइन, मानिसहरूको डिजिटल उत्साह र विश्वव्यापी यात्राप्रतिको झुकाव पनि देखाउँछ।”

सामाजिक सञ्जालमा सूर्योदयका तस्वीर र भिडियोहरू अत्यधिक चर्चित बन्न थालेका छन्, जसले पर्यटन उद्योगमा नयाँ प्रवृत्ति ल्याएको बताइएको छ। विशेषगरी, अष्ट्रेलियाका तटीय शहरहरूमा सूर्योदय हेर्न आउने स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको पर्यटन विज्ञहरूको निष्कर्ष छ।

अध्ययनका अनुसार, “सिड्नीको सूर्योदय हेर्न बन्दरगाह वरिपरिका क्षेत्रमा कायक टुर (Kayak Tour) गर्ने चलन बढ्दो छ, जसले पर्यटकलाई नयाँ अनुभव दिन सफल भएको छ।”

यस अध्ययनले अष्ट्रेलियाको प्राकृतिक सौन्दर्य, तटीय वातावरण र स्वच्छ आकाशले सूर्योदयका दृश्यहरूलाई विश्वकै आकर्षक मध्ये एक बनाएको पुष्टि गरेको छ।

अष्ट्रेलियाका सिड्नी, मेलबर्न र गोल्ड कोस्ट केवल पर्यटन गन्तव्य मात्र नभई विश्वका सूर्योदयप्रेमीहरूका लागि अनिवार्य यात्रा स्थलको रूपमा उभिएका छन्। यो उपलब्धिले अष्ट्रेलियाको पर्यटकीय छविलाई अझ बलियो बनाएको देखिन्छ।

spot_img