भिक्टोरियामा बढ्दो अपराध संकटले नागरिक पलायन र सरकारमाथि राजनीतिक दबाब तीव्र

A general view of Melbourne taken at sunset

भिक्टोरियामा बढ्दो अपराध संकट (crime crisis) र सुरक्षाको डरका कारण हजारौं बासिन्दा राज्य छोड्दै अन्य अष्ट्रेलियाली राज्यहरूतर्फ सर्दै गरेको तथ्यांक सार्वजनिक भएको छ। Australian Bureau of Statistics को ताजा विवरण अनुसार भिक्टोरियाको जनसंख्या हालैको अवधिमा करिब २,००० ले घटेको छ, जहा करिब २४,००० मानिसले Queensland मा बसोबास गर्न रोजेका छन्। Gold Coast र Sunshine Coast जस्ता क्षेत्रमा दक्षिणी राज्यबाट बसाइँ सर्ने नागरिकको संख्या तीव्र रूपमा बढेको देखिन्छ।

Gold Coast का real estate agent- Simon Mutton का अनुसार पछिल्ला महिनाहरूमा उनलाइ भिक्टोरियाबाट सयौं फोन कल आएका छन्, जसमा मानिसहरूले अपराध र असुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, “धेरै मानिसहरू आफ्ना परिवारलाई सुरक्षित वातावरणमा बसोबास गराउन खोजिरहेका छन्।”

भिक्टोरियाको राजधानी Melbourne मा पछिल्ला हप्ताहरूमा लगातार हिंसात्मक घटनाहरू घटेका छन्—जसमा सामूहिक हुलदंगा, हतियार प्रयोग, चोरी प्रयास र विरोध प्रदर्शनहरू समावेश छन् l

मेलबर्नकी उप–मेयर Roshena Campbell ले एक कार्यक्रममा बोल्दै अपराध अहिले राज्यकै ठूलो चुनौती बनेको स्वीकार गरेकी छन्। उनले भनिन् “यो सहर उत्कृष्ट सम्भावनाहरूले भरिएको छ, तर अपराध निश्चय नै समस्या हो। मानिसहरूलाई सुरक्षित महसुस गराउन तुरुन्त कदम आवश्यक छन्।”

मुख्यमन्त्री Jacinta Allan ले अपराध नियन्त्रणका लागि कडा कानुनी कदमहरू चाल्ने घोषणा गरेकी छन्। उनले राज्यमा bail law कडाइका साथ लागु गर्ने , प्रहरी संरचनामा सुधार ल्याउने योजना अघि सारेकी छन्। यस अन्तर्गत सडकमा बढी प्रहरी परिचालन र द्रुत प्रतिक्रिया प्रणाली लागू गर्ने तयारी भइरहेको बताइएको छ।

तर, Campbell, का अनुसार, “यदि अपराध नियन्त्रणमा नआएर जनसुरक्षाको समस्या निरन्तर रह्यो भने सन् २०२६ को state election मा Allan सरकारको राजनीतिक विश्वसनीयता गम्भीर संकटमा पर्न सक्छ।” Resolve Political Monitor को सर्वेक्षण अनुसार हाल Allan सरकार विपक्षी Liberal Party भन्दा करिब ३ प्रतिशत पछाडि छ र लिबरल नेता Brad Battin-“Preferred Premier” का रूपमा अघि छन्।

संघीय National Party का नेता David Littleproud ले पनि राज्य सरकारको आलोचना गर्दै भने, “मेलबर्न र भिक्टोरियामा अपराध नियन्त्रण गर्न Allan सरकार असफल भएको छ। स्थानीय निकायहरूले आफ्नै सुरक्षाकर्मी राख्नु परेको यस्तो अवस्था दुःखद छ।”

स्थानीय सरकारहरूले आफ्नैcommunity safety officers परिचालन गर्न थालेका छन्, जसले अपराध रोकथाम र घटनास्थलमा तुरुन्त प्रतिक्रिया दिने अधिकार पाउनेछन्। यद्यपि उनीहरू औपचारिक प्रहरी होइनन्, उनीहरूलाई सडकमा प्रत्यक्ष अपराध नियन्त्रणमा सहयोग गर्ने अधिकार दिइनेछ।

हाल मेलबर्नका बासिन्दा र व्यापारीहरू दुबै सुरक्षा संवेदनशीलताबारे चिन्तित छन्। लगातार बढ्दो अपराध, जनसंख्या पलायन र राजनीतिक दबाबबीच, भिक्टोरिया राज्य सरकारका लागि आगामी वर्ष अत्यन्त चुनौतीपूर्ण देखिएको छ।

spot_img