दक्षिण–पूर्व क्वीन्सल्यान्डमा शक्तिशाली आँधीबेरी—नौ जना घाइते, ठूलो भौतिक क्षति

अष्ट्रेलियाको — दक्षिण–पूर्व क्वीन्सल्यान्ड (Queensland) मा हिजो आएको शक्तिशाली सुपरसेल आँधीबेरी (Supercell Storm) ले जनजीवनमा गम्भीर असर पारेको छ। भीषण असिनापातका कारण नौ जना घाइते भएका छन् भने घर सवारीसाधन र विद्युत् संरचनामा ठूलो क्षति पुगेको छ।

रिपोर्टहरूका अनुसार ५ देखि ९ सेन्टिमिटर diameter का असिनाहरू विभिन्न क्षेत्रमा वर्षिएका थिए। Southern Downs क्षेत्रमा ९ सेन्टिमिटरसम्मका असिना परेको पुष्टि गरिएको छ। Esk State School को १५० औँ वार्षिकोत्सवका क्रममा असिनापात परेको हुँदा नौ जना घाइते भएका थिए, जस मध्ये चार जनालाई अस्पताल लगिएको थियो।

तीमध्ये ३० वर्षीया एक महिलाको टाउको र घाँटीमा चोट लागेर Ipswich Hospital मा उपचार गरिएको छ। २० वर्षका एक पुरुष गाटन अस्पताल (Gatton Hospital) मा सामान्य जलनका कारण उपचाररत छन्। त्यस्तै २० र ३० वर्षका दुई महिलाहरू पनि सामान्य चोटपटकका कारण उपचारमा रहेका छन्।

असिनाले घरका सिसा फुटाएको, छाना क्षतिग्रस्त बनाएको र बिजुली आपूर्तिमा अवरोध पुर्‍याएको छ साथै धेरै स्थानमा बिजुली काटिँदा सयौं घर अन्धकारमा परेका छन्।

मौसम विभाग (Bureau of Meteorology) का अनुसार आज पनि क्वीन्सल्यान्डका दक्षिण–पूर्वी भागमा र न्यू साउथ वेल्स (New South Wales) को उत्तर–पूर्वी क्षेत्रमा शक्तिशाली आँधीहरी, असिनापात र तीव्र हावाहुरीको सम्भावना रहेको छ । Gympie, Kandanga,Kenilworth र Gunalda क्षेत्रलाई विशेष जोखिमयुक्त क्षेत्रका रूपमा मानिएको छ।

राज्यका Premier David Crisafulli ले आपतकालीन सेवाहरू पूर्ण तयारीमा रहेको बताएका छन्। उनले भने,“क्वीन्सल्यान्डका नागरिकहरूलाई म आश्वस्त गराउन चाहन्छु-हामी पूर्ण रूपमा तयार छौं। यो राज्यको शक्ति नै यसको सहनशीलता हो।”

मौसम विभागका अनुसार यो आँधीबेरी मंगलबारसम्म निरन्तर रहन सक्ने सम्भावना छ, र सोमबार पनि राज्यका धेरै क्षेत्रमा खराब मौसम कायम रहने चेतावनी दिइएको छ।

spot_img