क्लासिक माइग्रेसनको दोस्रो वार्षिकोत्सव: क्यानबेरामा सफल यात्रा र नयाँ योजनाको प्रतिबिम्ब

अष्ट्रेलियामा शिक्षा र माइग्रेसन सेवामा सक्रिय संस्था क्लासिक माइग्रेसनले आफ्नो दोस्रो वर्ष प्रवेश विशेष कार्यक्रमका साथ मनाएको छ। कार्यक्रममा दुई वर्षको यात्रा, समुदायसँगको सहकार्य, र अष्ट्रेलियाको हालको माइग्रेसन नीतिबारे व्यापक छलफल गरिएको थियो।

नेपाली समुदायका अगुवा, व्यवसायी, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।

सुरुवाती बाटोदेखि आजसम्म

सञ्चालक निरज श्रेष्ठले संस्थाको सुरुवाती चुनौतीदेखि आजसम्मको प्रगति साझा गर्दै क्लासिक माइग्रेसनले अष्ट्रेलियामा हजारौँ विद्यार्थी र पेशेवरलाई परामर्श, भिसा तथा अध्ययन सहायतामा सघाएको उल्लेख गर्नुभयो।

उहाका अनुसार, राज्य सरकारका पछिल्ला नीति परिवर्तनहरूले कुशल जनशक्तिको माग बढाएको र यसले नेपाली विद्यार्थी र पेशेवरका लागि नयाँ ढोका खोलिदिएको छ।

“हामीले अष्ट्रेलियाको श्रम बजारका माग बुझ्दै विद्यार्थीहरूलाई वास्तविक अवसरतर्फ मार्गदर्शन गर्दै आएका छौँ,”
निरज श्रेष्ठ, सञ्चालक, क्लासिक माइग्रेसन

विश्वासमा बनेको संस्था

अर्का सञ्चालक विवेक थापाले संस्थाको उपलब्धि समुदायको निरन्तर समर्थन र विश्वासको परिणाम भएको बताउँदै सेवालाई अझ पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्धता जनाउनुभयो।

“हामी समुदायको अपेक्षा अनुसार अझ जिम्मेवार र सहज सेवा दिने दिशामा अघि बढिरहेका छौँ,”
विवेक थापा, सञ्चालक, क्लासिक माइग्रेसन

शिक्षा सहकार्य र करियर अवसर

Canberra College of Business and Technologyका CEO केशव नेपालले क्लासिक माइग्रेसनसँगको सहकार्यले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई career विकासमा ठोस सहयोग पु-याइरहेको बताउनुभयो।

“हाम्रो साझेदारीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र व्यावसायिक अवसरमा जोड्ने काम गरिरहेको छ,”
केशव नेपाल, CEO, Canberra College of Business and Technology

विशेष अतिथि कृष्ण हमालले अष्ट्रेलियामा नेपाली समुदायको आर्थिक र सामाजिक योगदानबारे तथ्य प्रस्तुत गर्दै युवालाई कानुनी सचेतना र व्यवसायिक योजना तयार गर्न सुझाव दिनुभयो।

सांगीतिक माहोल र सामुदायिक भावना

कार्यक्रममा संगीत, नृत्य र अनुभव साझा सत्रले उत्साहपूर्ण माहोल सिर्जना गरेको थियो। सहभागीहरूले क्लासिक माइग्रेसनको पारदर्शी सेवा र समुदायप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

अगाडि बढ्ने लक्ष्य

कार्यक्रमको अन्त्यमा संस्थाले आगामी वर्षमा सेवा विस्तार र नयाँ परियोजनाहरू अघि बढाउने योजना सार्वजनिक गर्दै सबै अतिथिहरू र समुदायका सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्‍यो।

सन् २०२३ मा स्थापना भएको क्लासिक माइग्रेसन हाल सिड्नी र क्यानबेरामा कार्यालयमार्फत शिक्षा, भिसा, र माइग्रेसन परामर्श सेवा प्रदान गर्दै आएको छ। संस्था नजिकै भविष्यमा अन्य राज्यहरूमा पनि सेवा विस्तार गर्ने तयारीमा रहेको छ।

spot_img