मेलबर्नको पश्चिमी भागमा अवस्थित म्याककर्म्याक पार्क (McCormack Park), लाभर्टनमा रहेको करिब २ मिलियन अष्ट्रेलियन डलर (Australian Dollar) बराबरको पार्क पुन:र्विकास कार्यका क्रममा सम्भावित खतरनाक एस्बेस्टस (Asbestos) फेला परेको छ।
हब्सन बे काउन्सिल (Hobson Bay Council) का प्रवक्ताका अनुसार, पार्कभित्रको पिकनिक र खेल उपकरण स्थापना गर्ने क्षेत्रमा खनाइ (Excavation) कार्य भइरहेको बेला “अनपेक्षित रूपमा एस्बेस्टसयुक्त सामग्रीका टुक्रा” भेटिएका हुन्। उक्त क्षेत्रलाई हाल बाउन्ड्रीमार्फत बन्द गरिएको छ र जनसाधारणको पहुँच रोकिएको छ।
काउन्सिलको बैठकमा मंगलबार यो विषय उठाइएको भए पनि एस्बेस्टस (Asbestos) भेटिएको ठ्याक्कै मिति खुलाइएको छैन। बैठकका कार्यविवरण (Minutes) अनुसार, दूषित सामग्री दुई फरक क्षेत्रमा फेला परेको थियो। त्यसपछि थप खनाइ (Excavation) गर्दा अन्य स्थानहरूमा पनि “महत्वपूर्ण मात्रामा एस्बेस्टस (Asbestos)” भेटिएको जनाइएको छ।
काउन्सिलका अधिकारीहरूले भनेका छन्, “हामी ठेकेदारसँग मिलेर वातावरण संरक्षण प्राधिकरण (Environment Protection Authority – EPA) को निर्देशिका अनुसार दूषित क्षेत्र सफा गर्ने कार्यमा जुटिरहेका छौं। निर्माण कार्यबाट प्रभावित नभएका बाँकी भागहरू स्थानीय बासिन्दाहरूका लागि सुरक्षित छन्।”
हाल दूषित क्षेत्र पूर्ण रूपमा सार्वजनिक पहुँचबाट बाहिर राखिएको छ। काउन्सिलका प्रवक्ताले थपे, “म्याककर्म्याक पार्क (McCormack Park) मा भइरहेको काम अझै निर्धारित समयतालिकाअनुसार अघि बढिरहेको छ र सन् २०२६ को सुरुवातमा पूरा हुने अपेक्षा गरिएको छ।”
वर्कसेफ भिक्टोरिया (WorkSafe Victoria) का अनुसार, फेला परेको एस्बेस्टस (Asbestos) लाई “नन–फ्रियबल (Non-Friable)” श्रेणीमा राखिएको छ, जसको अर्थ :”यो एस्बेस्टस (Asbestos) सिमेन्ट वा अन्य कठोर पदार्थहरूसँग मिसिएको हुन्छ र सामान्य अवस्थामा हावामा सजिलै फैलिँदैन।”
पार्क सुधार परियोजनाको कुल लागत करिब अष्ट्रेलियन डलर $2,053,272.55 (AUD 2,053,272.55) रहने अनुमान गरिएको छ। यो पुन:र्विकास योजनाअन्तर्गत पार्कमा नयाँ पिकनिक क्षेत्र, खेल उपकरण, हरियाली क्षेत्र र परिवारमैत्री पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको छ।
स्थानीय बासिन्दालाई ढुक्क रहन आग्रह गर्दै काउन्सिल (Council) ले भन्यो, “प्रभावित क्षेत्रको परीक्षण र सफाइ प्रक्रिया नियमित रूपमा अनुगमन भइरहेको छ र समुदायको स्वास्थ्य तथा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ।”






