अष्ट्रेलियाको अर्थतन्त्रले फेरि एक पटक अप्रत्याशित मोड लिएको छ। Australian Bureau of Statistics (ABS) ले सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देखाएको छ कि महँगी (Inflation) अपेक्षाभन्दा धेरै बढेको छ, जसले November मा ब्याजदर घट्ने सम्भावनालाई लगभग समाप्त गरेको छ।
सेप्टेम्बर त्रैमासिक अवधि(September quarter)मा उपभोक्ता मूल्य सूचकांक (CPI) १.३ प्रतिशतले बढेको छ, जुन मार्च २०२३ पछि पहिलो पटक यति उच्च दरमा पुगेको हो।
त्यसैगरी, ट्रिम्ड मीन (trimmed mean)— जसलाई Reserve Bank of Australia (RBA) ले आधारभूत महँगी मापनका लागि प्रयोग गर्छ — १.० प्रतिशतले बढेको छ।
RBA की गभर्नर मिसेल बुलक (Michele Bullock) ले यसअघि नै चेतावनी दिएकी थिइन् कि यदि यो दर ०.९ प्रतिशतभन्दा माथि पुग्यो भने, “त्यो आर्थिक दृष्टिले ठूलो गल्ती (material miss)” हुनेछ र अहिलेको तथ्याङ्कले त्यही स्थिति पुष्टि गरेको छ।
गत १२ महिनाको हिसाबले अष्ट्रेलियाको हेडलाइन इन्फ्लेशन(headline inflation) ३.२ प्रतिशतमा पुगेको छ — जुन RBA को लक्ष्य (२ र ३ प्रतिशतबीच) भन्दा माथि हो।
जुन (June) महिनामा यो दर २.१ प्रतिशत थियो, त्यसको तुलनामा अहिलेको वृद्धिले स्पष्ट देखाउँछ कि मूल्यवृद्धि नियन्त्रण बाहिर जान थालेको छ!
त्यस्तै, ट्रिम्ड मीन पनि २.७ बाट बढेर ३.० प्रतिशतमा पुगेको छ — डिसेम्बर २०२२ पछि पहिलो पटक यो मापन निरन्तर रूपमा बढेको हो। अर्थशास्त्रीहरूले त्रैमासिक CPI-३.० प्रतिशत र कोर इन्फ्लेशन(core inflation) २.७ प्रतिशत हुने अनुमान गरेका थिए। तर, वास्तविक परिणामले ती सबै अपेक्षा उल्ट्यायो।
महँगी किन बढ्यो?
यस पटकको मूल्यवृद्धिको मुख्य कारण ऊर्जा मूल्य (Energy Prices) रहेको छ।
क्वीन्सल्याण्ड, पश्चिम अष्ट्रेलिया र तस्मानिया(Queensland, Western Australia and Tasmania)मा राज्य सरकारले दिएको विद्युत् छूट योजना (rebate scheme) समाप्त भएपछि, उपभोक्ताले बढी बिल तिर्नुपर्ने अवस्था आएको छ।
फेडरल सरकार(federal government)को ऊर्जा राहत योजना केही राज्यमा मात्र लागू हुँदा अन्य राज्य — जस्तैNew South Wales र ACT मा बिजुली दर झनै बढेको छ।
त्यसबाहेक, July मा लागू भएको नयाँ वार्षिक ऊर्जा मूल्य समायोजन (Annual energy price adjustment)ले पनि देशभर बिजुली र ग्यास खर्च बढाएको छ।
यसले समग्र उत्पादन लागत, यातायात खर्च, खाद्यान्न मूल्य र घर भाडा समेत बढाएको देखिन्छ।
महँगी बढेसँगै अब RBA ले ब्याजदर घटाउने भन्दा बढी “स्थिर राख्ने” वा “बढाउने” निर्णय गर्न सक्छ।
यसको प्रत्यक्ष असर गृह ऋण (Home Loan) लिएका अष्ट्रेलियालीहरूमा पर्नेछ — किनभने दर घट्ने आशा मेटिँदा मासिक भुक्तानीमा राहत मिल्ने सम्भावना पनि सकिएको छ।
व्यवसाय क्षेत्रका लागि पनि यो नतिजा सस्तो कर्जा पाउने सम्भावना हराएको संकेत हो। यसले लगानी, रोजगारी र उपभोगमा नकारात्मक असर पार्न सक्छ।
आर्थिक विशेषज्ञहरूको दृष्टिकोण:-
अर्थविद्हरूले अहिलेको परिस्थिति “सावधानीपूर्वक स्थिरता” (cautious stability) को चरण भनेर व्याख्या गरेका छन्।
तिनीहरूको भनाइमा, अब सरकार र RBA दुबैको ध्यान मूल्य नियन्त्रण र सार्वजनिक खर्च व्यवस्थापनमा केन्द्रित हुनुपर्नेछ।
क्वीन्सल्याण्ड विश्वविद्यालयका अर्थशास्त्रीहरूले भनेका छन् —
“यदि ऊर्जा मूल्यमा राहत नदिइएमा, RBA ले ब्याजदर लामो समय उच्च स्तरमै राख्नुपर्नेछ, जसले गृह ऋण बजारमा ठूलो दबाब ल्याउँछ।”





