Canberra को विपक्षी दल Liberals पार्टीकी नेता Leanne Castley ले एलिजाबेथ ली र पिटर काइनलाई पार्टीभित्रको बैठक (पार्टी रूम) बाट तत्काल निलम्बन गरिएको घोषणा गरेकी छिन्। उनले भनेकी छिन् कि-”यी दुईलाई स्थायी रूपमा पार्टीभित्रबाट हटाउने प्रयास पनि गरिने छ।”
क्यास्टलीले मङ्गलबार प्रश्न समय सुरु हुनुभन्दा केही पहिले जारी गरेको विज्ञप्तिमा भनिन्: “एलिजाबेथ ली र पिटर काइनको कार्यपछि, मैले उनीहरूलाई Canberra Liberals पार्टी रूमबाट तुरुन्तै निलम्बन गरेको छु र उनीहरूलाई स्थायी रूपमा हटाउने प्रयास गर्नेछु। यो पार्टीभित्रको आन्तरिक मामला भएकोले म यसबारे थप टिप्पणी गर्ने छैन।”

एलिजाबेथ ली र पिटर काइनले हालैको मतदानमा पार्टीको निर्णयको विरोध गर्दै “क्रस फ्लोर(crossing the floor)” गरेका थिए। उनीहरूले हराएका ग्रीन पार्टीको प्रस्तावलाई समर्थन गर्दै, २०२६ मा विधानसभा (Assembly) को अतिरिक्त बैठक सप्ताह थप्ने प्रस्तावको पक्षमा मतदान गरे। यो प्रस्ताव अन्ततः अस्वीकृत भयो।
पार्टी रूमबाट निलम्बन र स्थायी रूपमा हटाउने निर्णयले canberra Liberals पार्टीभित्रको आन्तरिक विवादलाई अझ गहिरो बनाएको छ।
विश्लेषकहरूका अनुसार, यो घटना canberra Liberals पार्टीको एकता र नेतृत्वमा प्रश्न उठाउने संकेत हो। एलिजाबेथ ली र पिटर काइनले traditional party line को विपरीत मतदान गरेर आफ्नो स्वतन्त्र निर्णय शक्ति देखाएका छन्। यसको प्रभाव आगामी चुनाव र पार्टी भित्रको नीति निर्माण प्रक्रियामा पनि देखिन सक्ने सम्भावना छ




