सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको २ लाख २१ हजार ७०० सय

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एकैदिन तीन हजार ९सय रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर दुई हजार ६८० रुपैयाँ पुगको छ ।

    Advertisement