अष्ट्रेलियामा दिन बढ्दै, रात घट्दै : Spring Equinoxसँगै सुरु भयो नयाँ चक्र

spot_img

अष्ट्रेलियामा Spring सुरु भएपछि मौसममा स्पष्ट परिवर्तनको अनुभूति भइरहेको छ। केही स्थानमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिए पनि पछिल्ला दिनहरूमा सिड्नी सहितका क्षेत्रमा घाम थप तेज रूपमा देखिएको छ। विशेषगरी अगस्ट महिनामा रेकर्ड स्तरको वर्षापछि हालको उज्यालो मौसमले जनजीवन केही सहज बनेको मौसमविद्हरूको मूल्याङ्कन छ।

Southern Hemisphere मा वसन्त विषुव : दिनभन्दा रात छोटो

आज, सेप्टेम्बर २३ मा अष्ट्रेलियासहित सम्पूर्ण Southern Hemisphere मा Spring Equinox अर्थात् वसन्त विषुव परेको छ। यस दिनदेखि आगामी करिब छ महिनासम्म दिन रातभन्दा लामो हुनेछन्।

Equinox अघिका केही दिनमा दिन र रात लगभग बराबर रहने प्रवृत्ति हुन्छ। यही कारण पछिल्ला दिनहरूमा अष्ट्रेलियामा दिनरातको लम्बाइ लगभग समान अनुभव गरिएको थियो। तर आजको Equinox पछि यो सन्तुलन बदलिएको छ र अब दिन क्रमशः लामो हुँदै जानेछ।

राजधानी सहरहरूमा परिवर्तन

उदाहरणका लागि, मेलबर्नमा आज सूर्योदयदेखि सूर्यास्तसम्म करिब १२ घण्टा १० मिनेटको उज्यालो रहनेछ। आगामी दिनमा यो अवधि क्रमशः बढ्दै जानेछ।

सिड्नी, पर्थ, ब्रिसबेन लगायतका सहरहरूमा पनि दिन लामो हुने क्रम सुरु भइसकेको छ।

आगामी महिनाको खाका

अब करिब तीन महिनासम्म अष्ट्रेलियामा दिन लामो रहनेछ। यो क्रम डिसेम्बरको गर्मी संक्रान्ति (Summer Solstice) सम्म जारी रहनेछ। Summer Solstice वर्षकै सबैभन्दा लामो दिन मानिन्छ, जसमा सूर्यास्त र सूर्योदयबीचको समय कम्तीमा हुन्छ।

त्यसपछि, आगामी वर्ष मार्चमा आउने अर्को Equilux मा गएर मात्र दिन र रात पुनः बराबर हुनेछन्। त्यसपछि भने जाडो नजिकिँदै जाँदा रात दिनभन्दा लामो हुने क्रम सुरु हुनेछ।

Southern Hemisphere को वसन्त विषुवसँगै अष्ट्रेलियालीहरूले अब लामो दिन र छोटो रातको अनुभव गर्नेछन्। यस परिवर्तनले कृषिदेखि लिएर जनजीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ। मौसमविद्हरूका अनुसार, यो प्राकृतिक चक्रले मौसमको नियमित प्रवाहलाई मात्र होइन, वातावरणीय सन्तुलनलाई पनि संकेत गर्ने महत्त्वपूर्ण सूचकका रूपमा कार्य गर्छ।

spot_img