केवल diet मात्र होइन, genes ले पनि मधुमेहबाट बचाउन सक्छ

spot_img

सिड्नी । विशेषज्ञहरूले मधुमेह (diabetes) जस्तो विश्वभर तीव्र गतिमा बढ्दो स्वास्थ्य समस्याबाट जोगिन खानपान (diet) मात्र पर्याप्त नहुने बताएका छन्। हालै प्रकाशित नयाँ अनुसन्धानले मानव शरीरमा रहेको genes ले पनि metabolic health सुधार गर्न र गम्भीर रोगहरूबाट जोगाउन ठूलो भूमिका खेल्ने प्रमाण प्रस्तुत गरेको छ।

Sydney मा अवस्थित Charles Perkins Centre का अनुसन्धानकर्ताहरूले गट माइक्रोबायोम (gut microbiome) र त्यसको संरचना अध्ययन गर्दै जेनेटिक कम्पोनेन्ट (genetic component) ले कसरी प्रभाव पार्छ भन्ने विषयमा ऐतिहासिक खोज गरेका छन्। यसअघि गट हेल्थलाई सामान्यतया खानपानसँग मात्र सम्बन्धित मानिँदै आएको भए पनि, यो अनुसन्धानले genes ले पनि त्यत्तिकै निर्णायक भूमिका खेल्ने देखाएको छ।

Alpha-defensins मा केन्द्रित अध्ययन

अध्ययन विशेषगरी alpha-defensins मा केन्द्रित गरिएको छ। यी साना proteins वा peptides genes बाट उत्पादन हुन्छन् र व्यक्तिभेदमा यसको स्तर फरक–फरक हुन्छ। स्तरमा देखिएको भिन्नता नै मानिसको metabolic health मा देखिने भिन्नताको एक कारण भएको अनुसन्धानले देखाएको छ।

Charles Perkins Centre का प्राध्यापक David James ले अध्ययनबारे प्रष्ट पार्दै भने, “The microbiome is like a garden, यसमा सुन्दर plants पनि हुन्छन् र weeds पनि हुन्छन्। सुन्दर plants ले राम्रो स्वास्थ्य ल्याउँछन् भने weeds ले खराब स्वास्थ्य ल्याउँछन्। यी peptides नै garden का pruners हुन्।”

Mouse मा गरिएको प्रयोग

अनुसन्धानकर्ताहरूले यो अवधारणालाई प्रमाणित गर्न प्रयोगशाला परीक्षण गरेका थिए। Musama यी peptides खुवाउँदा metabolic health उल्लेखनीय रूपमा सुधार भएको देखियो।

विशेषगरी, peptides ले आन्द्राभित्र रहेका केही विशिष्ट bacteria लाई लक्षित गर्दै अस्वस्थ diet ले पुर्याउने नकारात्मक प्रभावबाट जोगाएको पत्ता लाग्यो। यसले गट हेल्थ र समग्र शरीरको चयापचयलाई सन्तुलित राख्न मद्दत गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन्।

अनुसन्धानकर्ता Dr Stewart Masson ले भने, “हामीले पत्ता लगायौं कि यी peptides खुवाउँदा mice को metabolic health राम्रो भयो। उनीहरू unhealthy diet को असरबाट सुरक्षित भए। यो हाम्रो लागि निकै exciting खोज हो।”

Human health मा विस्तार गर्ने तयारी

मुसामा प्राप्त नतिजालाई आधार मानेर अनुसन्धानकर्ताहरू अब मानव स्वास्थ्यमा विस्तार गर्ने तयारीमा छन्। उनीहरूले peptides को स्तर मानिसमा मापन गर्ने, र यदि कम देखियो भने त्यसलाई boost गर्ने उपाय विकास गर्ने योजना बनाएका छन्।

यसरी genes बाट उत्पन्न हुने peptides लाई नियन्त्रित वा बढाउने अभ्यासले भविष्यमा diabetes मात्र होइन, अन्य chronic diseases विरुद्ध पनि नयाँ उपचार पद्धति (therapeutic approach) खोल्ने विश्वास अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन्।

नयाँ सम्भावना : Personalised Medicine

यो अनुसन्धानले देखाएको छ कि स्वास्थ्य सुधार वा रोग नियन्त्रण केवल diet वा lifestyle मा मात्र निर्भर हुँदैन। genes पनि समान रूपमा निर्णायक छन्। यसले व्यक्तिगत स्तरमा स्वास्थ्य मापन गरेर उपचार गर्ने personalised medicine को सम्भावना बढाएको छ।

विशेषज्ञहरूको भनाइमा, यदि मानिसमा peptides को स्तर सहजै परीक्षण गरेर थाहा पाइने प्रविधि विकास भयो भने, भविष्यमा diabetes जस्ता रोगहरूलाई सुरुवातमै नियन्त्रण गर्न सकिनेछ। यसले आधुनिक स्वास्थ्य विज्ञानलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

विश्वभर बढ्दो मधुमेह नियन्त्रण गर्न हालसम्म खानपान र जीवनशैलीमा सुधारलाई मात्र प्रमुख उपाय मानिँदै आएको थियो। तर, Charles Perkins Centre को यो नयाँ अध्ययनले genes को योगदानलाई स्पष्ट देखाएको छ। यसले स्वास्थ्य उपचारलाई व्यक्तिगत (individualised) ढंगले अघि बढाउन सक्ने सम्भावना प्रस्तुत गरेको छ, जसले मधुमेह मात्र होइन, अन्य गम्भीर रोगहरूको रोकथाम र व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ।

spot_img