क्यानबेरामा प्रेमीमाथि आक्रमण गरेको आरोपमा २३ वर्षीया महिला पक्राउ

Advertisement

क्यानबेरा, अगस्ट २१ (एजेन्सी) – अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) की २३ वर्षीया महिलालाई क्यानबेराको एउटा होटलमा आफ्ना प्रेमीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको छ।

घटना बिहीबार बिहान करिब ३:३० बजे Forrest क्षेत्रमा भएको हो। प्रहरीका अनुसार पीडित पुरुषले आफैंले आपतकालीन रूपमा फोन गरी सहयोग मागेपछि प्रहरी घटनास्थलमा पुगेका थिए।

प्रहरीको विवरणअनुसार विवादको क्रममा महिलाले आफ्ना प्रेमीलाई टाउकोमा प्रहार गरेको र खाली गिलासको बोतल फ्याँकेर आक्रमण गर्ने प्रयास गरेकी थिइन्। घटनापछि तत्कालै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

महिलामाथि “assault occasioning actual bodily harm”, सामान्य आक्रमण (common assault), र आक्रमण गर्ने उद्देश्यले आक्रामक हतियार राखेको (possessing an offensive weapon with intent) आरोप लगाइएको छ। उनी आजै क्यानबेरा स्थित ACT मजिस्ट्रेट अदालतमा पेश हुने प्रहरीले जानकारी दिएको छ।

ACT Polic­ing ले पीडितहरूलाई घरेलु हिंसाबाट जोगाउन आवश्यक सहयोग र समर्थन दिन सदैव तयार रहेको उल्लेख गर्दै पीडितलाई प्रहरी वा सम्बन्धित सहायता सेवामा सम्पर्क गर्न आग्रह गरेको छ।

spot_img