
सिड्नी ।न्यू साउथ वेल्स (NSW) र South-East Queenslandमा आगामी दिनहरूमा भीषण वर्षा र सम्भावित बाढीको जोखिम बढेको छ। अष्ट्रेलियाको मौसम विभाग (Bureau of Meteorology) का अनुसारJervis Bayदेखि South-East Queenslandसम्म आज मात्रै २५ देखि ४५ मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ। यद्यपि कतिपय क्षेत्रमा ७५ मिलिमिटरसम्म वर्षा पर्न सक्ने चेतावनी दिइएको छ।
मौसमविद्हरूका अनुसार भोलि (बिहीबार) अवस्था अझ गम्भीर बन्नेछ। भोलिको वर्षा २० देखि ८० मिलिमिटरसम्म पुग्ने र केही स्थानमा १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। शुक्रबार बेलुकातिर वर्षा केही हदसम्म कम हुने भए पनि उत्तरी NSW का Coastal Areaमा अझै ६० मिलिमिटरसम्मको वर्षा हुने चेतावनी जारी गरिएको छ।
बाढी नै मुख्य समस्या
मौसम विभागका Hazard Preparedness प्रबन्धकSteve Bernasconiका अनुसार, उच्च वायुप्रवाह प्रणालीले दक्षिणी टास्मान समुद्रबाट आएको आर्द्र हावा Coastal Areaमा प्रवेश गर्दा यो व्यापक वर्षा सम्भव भएको हो।
“यी वर्षाका आँकडा सामान्य देखिए पनि तीन दिनसम्म लगातार हुने भएकाले ठूलो असर पार्नेछ। यस वर्षा प्रणालीले ल्याउने मुख्य समस्या भनेको बाढी हो,” उहाँले भन्नुभयो।
सिड्नी र वरपर उच्च जोखिममा
Greater Sydney र CBD क्षेत्रमा पनि लगातार वर्षा हुने भएकाले बाढीको जोखिम बढ्ने देखिएको छ। स्थानीय पूर्वानुमान अनुसार शनिबारसम्म हल्का वर्षा जारी रहने सम्भावना छ। यसले पहिले नै वर्षाको प्रभाव झेलिरहेका क्षेत्रमा थप चुनौती ल्याउने बताइएको छ।
आपतकालीन सतर्कता
NSW State Emergency Service (SES) की उप–आयुक्त Deb Platzले यस वर्ष नै बारम्बार बाढी र प्राकृतिक प्रकोप झेलिरहेका समुदायलाई सतर्क रहन आग्रह गर्नुभयो।
“यस वर्ष मात्रै हामीले ठूलो वर्षा र बाढीका कारण धेरै क्षति देख्यौँ। समुदाय पनि थाकेका छन्, स्वयंसेवकहरू पनि थाकेका छन्। तर ढिलासुस्ती खतरनाक हुन्छ। आफ्नो परिवार, साथी, छिमेकी र समुदायको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,”उहाँले भन्नुभयो।
SES ले अहिलेसम्म ३३० वटा फोन कलहरू प्राप्त गरेको र १२० भन्दा बढी घटनामा प्रतिक्रिया दिइसकेको जनाएको छ। सडकहरू अवरुद्ध हुने, तल्लो क्षेत्रमा आकस्मिक बाढी आउने, तथा नदी किनारमा जोखिम बढ्ने सम्भावना रहेको चेतावनी दिइएको छ।
बाढी निगरानी र तयारी
Mid North Coast, Hunter र North West Slopes क्षेत्रमा बाढीको निगरानी जारी छ। मौसम विभागका अनुसार केही स्थानमा सामान्यदेखि मध्यम बाढी आउन सक्ने र कतिपय क्षेत्रमा ठूलो बाढी आउन सक्ने सम्भावना छ।
SES सहायक आयुक्त कोलिन म्यालोनका अनुसार, प्रभावित क्षेत्रमा आवश्यक तयारी गरिएको छ।
“हामीले हेलिकप्टर, उच्च क्षमताका गाडी र अतिरिक्त उद्धार टोली प्रभावित क्षेत्रमा पठाइसकेका छौँ। तर, समुदाय आफैं पनि तयार हुनुपर्छ। कृपया Hazards Near Me एपमार्फत सूचना लिनुहोस् र आफ्नो क्षेत्रका लागि आपतकालीन बाढी योजना बनाउन नबिर्सनुहोस्,”उहाँले भनुभयो।
NSW र South-East Queenslandमा शुक्रबारसम्म भारी वर्षा र बाढीको जोखिम कायम रहनेछ। अहिले मात्र २४ वटा बाढीसम्बन्धी चेतावनी जारी भएका छन्। अधिकारीहरूले प्रभावित बासिन्दालाई सुरक्षित रहन, आवश्यक तयारी गर्न र आपतकालीन सूचनामा निरन्तर अपडेट रहन आग्रह गरेका छन्।
