उच्च अदालतका २७ नवनियुक्त न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण

spot_img

काठमाडौं । उच्च अदालतका २७ नवनियुक्त न्यायाधीशहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई शपथग्रहण गराएका हुन्।

यसअघि, साउन २२ गते बसेको न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्त गरी पदस्थापन गरेको थियो। नियुक्तिपछि सोमबार उनीहरुले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

तर, उक्त नियुक्ति प्रक्रिया प्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। बारले न्यायाधीश नियुक्ति प्रक्रियामा पारदर्शिता र मापदण्डको प्रश्न उठाउँदै विरोध जनाएको हो।

नवनियुक्त न्यायाधीशहरुको नामावली, कार्यक्षेत्र र जिम्मेवारीबारे सर्वोच्च अदालतले चाँडै सार्वजनिक गर्ने जनाएको छ। यससँगै देशका विभिन्न उच्च अदालतमा न्यायिक कार्य सम्पादनमा नयाँ ऊर्जा र गति आउने अपेक्षा गरिएको छ।

spot_img