सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

      spot_img