टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’

Advertisement

    टिकटकले बिहिबार नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्ताहरूलाई समयमै सहयोग र आवश्यक समर्थन प्रदान गर्नु हो।

    टिकटकले यो सुविधालाई प्लाटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा रहेको बताएको छ, जसको उद्देश्य प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु हो ।

    अबदेखि नेपालका प्रयोगकर्ताहरूले “sexual assault”, “abuse hotline”, “MeToo” जस्ता यौन दुर्व्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बरहरू र टिकटकको सेफ्टी सेन्टरभित्रको सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने विशेष सूचना देखाइनेछ। उक्त पेजमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिकाहरू र प्रोफेसनल सपोर्ट सर्भिसहरूको लिङ्क उपलब्ध गराइएको छ।

    spot_img