Pacific Sea Level वृद्धि रोकथामका लागि Nauru ले पहिलो ‘Golden Passport’ बिक्री

spot_img

Nauru — Pacific Sea Level वृद्धि र जलवायु परिवर्तनको बढ्दो असरका कारण भविष्यमा हुन सक्ने सामूहिक स्थानान्तरणको लागत जुटाउन Nauru ले पहिलो पटक ‘Citizenship-by-Investment’ (Golden Passport) बिक्री गरेको छ।

यस वर्ष फेब्रुअरीमा सुरु भएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा ६ जना आवेदकलाई नागरिकता प्रदान गरिएको छ। तीमध्ये एक relatively well-known जर्मन परिवारका चार सदस्य पनि छन्, जसले करिब $US250,000 ($A380,000) तिरेका छन्। यसमध्ये $US140,000 रकम जलवायु प्रतिरोधात्मक (climate resilience) परियोजनामा खर्च हुने Mr Clark ले बताएका छन्।

कम्तीमा $US105,000 मा बिक्री हुने यी Golden Passport ले ८९ देशमा भिसा–मुक्त प्रवेश दिने Nauru को दाबी छ, जसमा United Kingdom, Hong Kong, Singapore र United Arab Emirates पर्छन्।

Mr Clark का अनुसार हाल थप २० वटा आवेदन प्रक्रिया भइरहेको छ र वार्षिक $US60 million आम्दानी गर्ने लक्ष्य राखिएको छ। उनले भने, “हामी नयाँ कार्यक्रम भएकाले बजारमा विश्वसनीयता र चासो बढाउने काम गर्दैछौं।”

Nauru का President David Adeang ले यो कदमलाई स्वागत गर्दै भने, “नयाँ नागरिकको लगानीले हाम्रो दीगो र समृद्ध भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ।”

वैज्ञानिकहरूको अनुसार Pacific Sea Level वृद्धि विश्व औसतभन्दा १.५ गुणा छिटो भइरहेको छ। स्थानीय अधिकारीका अनुसार यसले करिब ९०% बासिन्दालाई उच्च भूभागमा सार्नुपर्ने अवस्था आउनेछ। पहिलो चरणको स्थानान्तरण लागत मात्रै $US60 million भन्दा बढी पर्ने अनुमान छ।

यसपटक सरकारले गहिरो due diligence प्रक्रिया अपनाएको छ, जसमा financial intelligence unit, policethird-party checks समावेश छन्। Mr Clark ले भने, “यो हाम्रो passport को प्रतिष्ठा र integrity जोगाउन अत्यावश्यक छ।”

सन् 2003 मा Nauru को पासपोर्ट बिक्री कार्यक्रम अल–कायदाका सदस्यलाई नागरिकता दिँदा विवादित बनेको थियो। अहिले भने, सुरुवाती चरणमा संकलित रकम सरकारी कोषमा राखिने भए पनि, $US10 million भन्दा बढी आम्दानी भए छुट्टै परियोजनामा विनियोजन गर्ने संरचना बनाउन छलफल भइरहेको Mr Clark ले स्पष्ट पारे।

spot_img