
सिड्नी, अष्ट्रेलियामा तीव्र गतिमा फैलिरहेको Respiratory Syncytial Virus (RSV) का केस बढ्दै गएपछि करिब ३०० डलर पर्ने यो खोपलाई निःशुल्क उपलब्ध गराउन संघीय सरकारलाई दबाब बढाइएको छ।
यो वर्ष मात्रै देशभर करिब १ लाख २० हजारभन्दा बढी केस दर्ता भएका छन्। Mater का संक्रामक रोग विशेषज्ञ प्रोफेसर पॉल ग्रिफिन का अनुसार RSV विशेषगरी वृद्ध र कमजोर स्वास्थ्य भएका व्यक्तिहरूका लागि प्राणघातक हुन सक्छ। उनले भने, “दुर्भाग्यवश, संक्रमितमध्ये केहीलाई अस्पताल भर्ना गर्नुपर्छ र तिनीहरू मध्ये कतिपय बाँच्न सक्दैनन्।”
RSV बाट संक्रमित भएकी Anne Fidler ले आफ्नी नातिनीबाट संक्रमण भएको अनुभव सुनाउँदै टाउको दुखाइ, छातीमा घरघराहट र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएको बताइन्। फोक्सोसम्बन्धी पुरानो रोग भएकी उनले विशेषज्ञको सहयोग लिनुपर्ने अवस्था आएको बताइन्।
हाल अष्ट्रेलियामा गर्भवती महिलाहरूलाई शिशु सुरक्षा लागि RSV खोप निःशुल्क उपलब्ध हुन्छ। त्यस्तै, नवजात शिशुहरूले पनि यो खोप पाउन सक्छन् यदि आमा गर्भावस्थामा खोप लगाएकी छैनन् भने। तर अन्यका लागि भने यो खोपको लागत करिब ३०० डलर पर्छ।
प्रोफेसर ग्रिफिनका अनुसार, यो खोपले वृद्ध तथा संवेदनशील वर्गमा RSV संक्रमणको जोखिमलाई अत्यन्तै कम गर्छ। Lung Foundation Australia का CEO मार्क ब्रुक ले भने, “सरकारले यो खोपलाई राष्ट्रिय खोप कार्यक्रम (National Immunisation Program) मा समावेश गर्नुपर्छ।”
हाल अष्ट्रेलियामा ६० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि तीनवटा RSV खोप अनुमोदन भइसकेका छन्। तर निःशुल्क खोपको सूचीमा राख्न Pharmaceutical Benefits Advisory Committee (PBAC) को सिफारिस आवश्यक हुन्छ। समितिले हालसम्म ७५ वर्षभन्दा माथि तथा योग्य Aboriginal र Torres Strait Islander वयस्कहरू का लागि Pfizer खोपलाई सिफारिस गरिसकेको भए पनि लागत–प्रभावकारिताका कारण सूचीमा राखिएको छैन।
यसैबीच, GlaxoSmithKline (GSK) र Moderna ले पनि सार्वजनिक खर्चमा खोप उपलब्ध गराउन समिति समक्ष प्रस्ताव पेस गरिसकेका छन्।
वर्तमान अवस्थामा, Lung Foundation ले संवेदनशील अष्ट्रेलियालीहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। CEO ब्रुकले भने, “मास्क लगाउने, बिरामी पारिवारिक सदस्यबाट टाढा बस्ने जस्ता साना सावधानीहरूले ठूलो सुरक्षा दिन सक्छ।”
