अमेरिकाले ७७० मिलियन डलरको mRNA खोप विकास परियोजना रद्द गर्ने घोषणा

Advertisement

वासिङटन, । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (US Department of Health and Human Services) ले COVID-19, फ्लु र अन्य श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध प्रयोग भइरहेका केही mRNA खोप विकास परियोजना रद्द गर्ने घोषणा गरेको छ। यसअन्तर्गत करिब २२ वटा परियोजनामा लगानी गरिएको ७७० मिलियन डलर (५०० मिलियन अमेरिकी डलर) बराबरको रकम कटौती गरिने भएको हो।

यो निर्णय स्वास्थ्य सचिव Robert F. Kennedy Jr. को नेतृत्वमा गरिएको हो। लामो समयदेखि खोपसम्बन्धी आलोचकका रूपमा चिनिँदै आएका Kennedy ले यसअघि COVID-19 खोपका सिफारिसहरू फिर्ता लिएका, खोप सिफारिस गर्ने समितिलाई बर्खास्त गरेका र हालै देखिएको खस्राको प्रकोपका बेला समेत खोपलाई खुलेर समर्थन नगरेको भन्दै आलोचना खेप्दै आएका छन्।

Kennedy ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा Pfizer र Moderna जस्ता प्रमुख औषधि कम्पनीहरूले सञ्चालन गरिरहेका परियोजना रोक्ने निर्णयको कारण प्रष्ट पार्दै भनेका छन् — “समस्या आएको mRNA कार्यक्रमलाई विस्थापित गर्दै whole-virus vaccines जस्ता सुरक्षित र दीर्घकालीन विकल्पलाई प्राथमिकता दिनेछौँ। यी प्लेटफर्महरू भाइरस म्युटेसन हुँदा पनि असफल हुँदैनन्।”

तर संक्रामक रोग विशेषज्ञहरूले भने यस कदमलाई खतरनाक भन्दै कडा आलोचना गरेका छन्। University of Minnesota का Mike Osterholm ले भने, “सार्वजनिक स्वास्थ्य क्षेत्रमा मैले ५० वर्षमा देखेको सबैभन्दा खतरनाक निर्णय यही हो।” उनका अनुसार mRNA प्रविधिले महामारीका बेला छिटो खोप उत्पादन गर्न ठूलो भूमिका खेलेको छ र भविष्यमा नयाँ महामारी नियन्त्रण गर्न गाह्रो हुने चेतावनी दिएका छन्।

Children’s Hospital of Philadelphia का डा. Paul Offit ले पनि यसलाई “दूरदर्शिताको कमी” भएको बताएका छन्। उनले भने, “mRNA खोपहरूले अहिलेसम्म लाखौँ मानिसको ज्यान बचाइसकेको छ। तर Bird Flu Pandemic जस्ता सम्भावित खतराको बेला यस्तो प्रविधा नहुने हो भने परिणाम गम्भीर हुनेछ।”

mRNA प्रविधिको प्रयोग हाल केवल संक्रामक रोगका लागि मात्र नभई क्यान्सर उपचार (immunotherapies) मा पनि भइरहेको छ। यसै वर्षको सुरुवातमा White House मा आयोजित कार्यक्रममा टेक उद्यमी Larry Ellison ले क्यान्सर उपचारमा यसको सम्भावनाको प्रशंसा गरेका थिए।

परम्परागत खोप उत्पादन प्रायः कुखुराको अण्डा वा कोषिकामा भाइरस हुर्काएर गरिन्छ, जसमा लामो समय लाग्छ। तर mRNA प्रविधिले छोटो समयमा नयाँ भाइरसविरुद्ध खोप विकास गर्न सहयोग गर्ने भएकाले वैज्ञानिकहरूले यसलाई भविष्यका लागि अपरिहार्य ठानिरहेका छन्।

spot_img