
काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च स्तर तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार २५० रुपैयाँ पुगेको छ।
