सेयर खाता खोल्न अब अनिवार्य राष्ट्रिय परिचयपत्र

spot_img

साउन ७ — अब नेपाली नागरिकले सेयर कारोबारका लागि नयाँ डिम्याट (हितग्राही) खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्यरूपमा बुझाउनु पर्ने भएको छ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा डिम्याट खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था समावेश गरिएको हो।

बोर्डका अनुसार, एक व्यक्तिको एकीकृत र यकिन अभिलेख राख्न राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणाली (KYC) सँग जोड्ने तयारी गरिएको हो। यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई आवश्यक प्राविधिक संरचना तयार गर्न निर्देशन दिइनेछ।

यस कदमले डिम्याट प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र दिगो बनाउने विश्वास गरिएको छ। साथसाथै, सेयर कारोबारसम्बन्धी जोखिम न्यूनीकरण र नक्कली पहिचान प्रयोग गरेर गरिने अवैध क्रियाकलाप नियन्त्रणमा पनि मद्दत पुग्ने बोर्डको भनाइ छ।

बोर्डले नयाँ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र तयारी गर्न आग्रह गरेको छ।

spot_img