
लसुन प्राय: हरेक नेपालीको भान्सामा अनिवार्यजस्तै रूपमा पाइन्छ । यो खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै लाभदायक मानिन्छ । लसुनमा प्रशस्त औषधीय गुणहरू पाइन्छन्, जसले शरीरलाई विभिन्न तरिकाले फाइदा पुर्याउँछ । तर लसुनको सेवन यदि सहि तरिकाले गरिएन भने यसका फाइदाभन्दा पनि उल्टै बेफाइदा हुन सक्छन् ।
विशेषत: केही निश्चित चीजहरूसँग लसुन सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ । चिकित्सकहरूले यस्ता तीन चीजको उल्लेख गरेका छन्, जससँग लसुन खाँदा शरीरमा नकारात्मक असर पर्न सक्छ- विशेष गरी कलेजो र पाचन प्रणालीमा । आउनुहोस्, जानौं ती तीन कुरा के-के हुन् र किन विज्ञहरूले त्यससँग लसुन सेवन नगर्न सुझाव दिएका छन् ।
१. रगत पातलो बनाउने औषधिसँग
लसुनमा रगत पातलो बनाउने प्राकृतिक गुण हुन्छ । यस्तो अवस्थामा, यदि तपाईं रगत पातलो बनाउने औषधि सेवन गरिरहनु भएको छ भने लसुनको अत्यधिक सेवनले रक्तस्राव (रगत बग्ने) को खतरा बढाउन सक्छ । एक अध्ययन अनुसार लसुन र यस्ता औषधिको संयोजनले रगत बग्ने जोखिम अत्यधिक बढाउँछ । त्यसैले यदि तपाईं यस्ता औषधिहरू सेवन गरिरहनु भएको छ भने, लसुन सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।
२. मदिरासँग (अल्कोहल)
चिकित्सकहरूका अनुसार मदिरा सेवन गर्नुअघि वा पछि लसुन खाँदा कलेजोमा नकारात्मक असर पर्न सक्छ । लसुन र रक्सीमा पाइने यौगिकहरूको संयोजनले कलेजोको कार्यक्षमता घटाउन सक्छ र पाचन प्रणालीमा समेत समस्या उत्पन्न गराउन सक्छ। विशेष गरी, पेट जलन, अपच, एसिड रिफ्लक्सजस्ता समस्या देखिन सक्छन् । त्यसैले लसुन र मदिराको एकैसाथ सेवन गर्नबाट जोगिनुपर्छ ।
३. ग्रिन टी (हरियो चिया) सँग
लसुन र हरियो चिया दुवै स्वास्थ्यका लागि उपयोगी मानिन्छन्, तर चिकित्सकहरू भन्छन्- यी दुईलाई एकै समयमा सेवन गर्नु हुँदैन । हरियो चियामा क्याफिन र अन्य सक्रिय यौगिकहरू हुन्छन्, जुन लसुनमा पाइने यौगिकहरूसँग प्रतिक्रिया गरेर पाचन प्रणालीमा असर पुर्याउन सक्छ । यस्तो अवस्थामा पेट जलन, ग्यास, अपच, पेट दुख्ने जस्ता समस्या निम्तिन सक्छन् । त्यसैले ग्रिन टी सेवन गर्नु अगाडि वा पछाडि तुरुन्त लसुन खानबाट जोगिनु उपयुक्त हुन्छ ।
लसुन स्वास्थ्यका लागि फाइदाजनक भए पनि केही अवस्थाहरूमा वा केही चीजहरूसँग यसको संयोजन स्वास्थ्यमा हानिकारक हुन सक्छ । त्यसैले लसुन सेवन गर्दा यी कुराहरूको विशेष ध्यान दिनु आवश्यक छ ।
