अजिना कार्कीले NRNA – NSW SCC सदस्य पदका लागि उम्मेदवारी घोषणा

Advertisement

सिड्नी, अष्ट्रेलिया — अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्यमा बसोबास गर्दै आएकी समाजसेवामा समर्पित नेपाली प्रतिनिधि अजिना कार्कीले गैरआवासीय नेपाली संघ (NRNA) को राज्य समन्वय परिषद् (SCC) सदस्य पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन्।

समाजप्रतिको निष्ठा, समर्पण र सेवाभावका साथ लामो समयदेखि सक्रिय रहिएकी कार्कीले यसपटक संस्थागत रुपमा सामाजिक योगदान पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएकी हुन्। उम्मेदवारीको घोषणासँगै उनले भनिन्, “म त समाज सेवा गर्नकै लागि जन्मेकी हुँ, समाज सेवा गर्दा नै मलाई खुसी मिल्छ। मलाई यो समाजमा केही सकारात्मक परिवर्तन ल्याउनु छ।”

उनको सामाजिक यात्राको क्रममा उनले व्यक्तिगत रूपमा विभिन्न सामाजिक पहलहरूमा अग्रसर भूमिका निभाउँदै आएकी छन्। अब, समान सोच भएका समाजसेवीहरूसँग मिलेर संस्थागत संरचनाबाट परिवर्तन ल्याउने समय आएको उनको विश्वास छ।

spot_img

अजिना कार्कीलाई लामो समयदेखि चिनेका उनका सहकर्मी र मित्रहरूले पनि उनको समर्पण र ईमानदारीको प्रशंसा गरेका छन्। एकजना नजिकका सहयोगीका शब्दमा, “हामीले जबदेखि अजिनालाई चिनेका छौं, तबदेखि नै उहाँको समाजसेवा प्रतिको समर्पण र निष्ठा झल्कने गरेका छन्। उहाँको सोच, बोली र कर्म सधैं सामाजिक सुधार र सकारात्मक परिवर्तनतर्फ नै केन्द्रित रहँदै आएको छ।”

उनको उम्मेदवारीले NRNA को नेतृत्वमा समावेशिता, पारदर्शिता र सेवा–मुखी दृष्टिकोणलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। कार्कीको उद्देश्य अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई अझ सशक्त, संगठित र सेवामुखी नेतृत्वमार्फत प्रतिनिधित्व गर्नु हो।

उनले समुदायलाई एकआपसमा जोड्दै दीर्घकालीन समाधान र सामाजिक उत्थानमा केन्द्रित कार्यक्रमहरूमार्फत योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। यसै सन्दर्भमा उनले सबै नेपाली समुदायलाई साथ र समर्थनका लागि आह्वान गर्दै भनिन्, “आउनुहोस्, अष्ट्रेलियामा रहेका हामी नेपालीहरू मिलेर एक आपसमा साथ दिँदै, समर्पित र कर्मठ प्रतिनिधिहरूलाई अघि बढाऔं। समाजसेवामा समर्पित अजिना कार्कीलाई समर्थन गरौं।”

उनको उम्मेदवारीलाई नेपाली समुदायले आशावादी दृष्टिकोणले हेरिरहेको छ, र यो कदम NRNA NSW को भावी नेतृत्वमा सकारात्मक ऊर्जा र सेवा–केन्द्रित सोचको प्रतिबिम्ब बन्ने विश्वास गरिएको छ।

spot_img