लेबरले अष्ट्रेलियाली जनतालाई भ्रममा पार्दैछ: अप्राप्त पुँजी लाभ करमा ज्योफ विल्सनको चेतावनी

प्रमुख कोष प्रबन्धक तथा Wilson Asset Management का अध्यक्ष ज्योफ विल्सनले लेबर सरकारले प्रस्ताव गरेको सुपर कर योजना अष्ट्रेलियाली जनतालाई “ग्यासलाइटिङ” गर्ने प्रयास भएको आरोप लगाएका छन्। सरकारले $३ मिलियनभन्दा माथिका सुपर खातामा दोब्बर कर र अप्राप्त पुँजी लाभमा कर लगाउने प्रस्ताव अघि सारेको छ। सरकारले यो करले केवल ८०,००० खातालाई मात्र असर गर्ने बताएको भए पनि, विल्सनले यसले करिब $४.२ ट्रिलियन बराबरको सुपरएनुएसन प्रणालीमा गहिरो असर पार्ने चेतावनी दिएका छन्।

Advertisement

विल्सनले करको असरले स्वयं-व्यवस्थापित सुपर फन्डहरू (SMSF) बाट पुँजी बाहिरिने, आवास बजारमा दबाव बढ्ने र स्टार्टअप तथा साना व्यवसायहरूमा लगानी कम हुने बताए।उहाँले नर्वे र बेलायतको उदाहरण दिँदै यस्तो करले अपेक्षा विपरीत राजस्व घटाउने र लगानीकर्ता भाग्ने चेतावनी पनि दिए। आर्थिक मोडेल अनुसार, प्रस्तावित करको दीर्घकालीन असर अष्ट्रेलियाली अर्थतन्त्रमा $९४.५ अर्ब नकारात्मक हुन सक्ने उनले दाबी गरे।

यसैबीच, Financial Services Council को नयाँ विश्लेषणले सरकारको कर योजनाले ५ लाखभन्दा बढी कार्यरत अष्ट्रेलियालीहरूलाई असर गर्ने देखाएको छ, जसमा धेरैजसो युवा छन्। हरित दलले सीमा घटाएर $२ मिलियनमा झार्न र मुद्रास्फीतिसँग जोड्न प्रस्ताव गरेको छ। Council का प्रमुख ब्लेक ब्रिग्सले सरकार र हरित दललाई विस्तृत परामर्शमा जान आग्रह गरेका छन्।

spot_img