तपाईंको शरीरमा कुन रोग लाग्न सक्छ भन्ने पत्ता लगाउन मात्र होइन, तपाईंको रक्त समूह (ब्लड ग्रुप) तपाईंको मानसिक क्षमता र व्यवहार बुझ्न पनि सहयोगी हुन सक्छ। हो, तपाईंले ठीक सुन्नुभयो- ब्लड ग्रुपले व्यक्तिको स्वभाव, सोच्ने तरिका र दिमागको कार्यक्षमता कति छ भन्ने कुरा समेत निर्धारण गर्ने अनुसन्धानले देखाएको छ ।
यो दाबी कुनै सामान्य धारणा होइन । अमेरिका स्थित क्यालिफोर्निया विश्वविद्यालय (University of California) मा गरिएको एक अनुसन्धानले ब्लड ग्रुप र मानसिक क्षमताबीचको सम्बन्ध स्पष्ट पारेको हो । अध्ययन अनुसार, बि पोजिटिभ (B Positive) ब्लड ग्रुप भएका मानिसहरूको मस्तिष्क अन्य ब्लड ग्रुप भएका मानिसहरूको तुलनामा बढी सक्रिय र तेज हुने पाइएको छ ।
अनुसन्धानमा उल्लेख गरिएअनुसार, बि पोजिटिभ रक्त समूह भएका व्यक्तिहरूको मस्तिष्कको सेरेब्रम (Cerebrum) अन्तर्गत प्यारिटल (Parietal) र टेम्पोरल (Temporal) लोबहरू अत्यधिक सक्रिय हुने गर्छन् । यी क्षेत्रहरू मुख्य रूपमा स्मरण शक्ति, तर्क क्षमता, विश्लेषण र भाषा बुझ्ने क्षमतासँग सम्बन्धित हुन्छन् । त्यसैले, यस्ता व्यक्तिहरूले कुनै नयाँ कुरा सिकेपछि त्यसलाई चाँडै आत्मसात गर्छन् र लामो समयसम्म सम्झन सक्ने क्षमता राख्छन् ।
यदि तपाईंको ब्लड ग्रुप बि पोजिटिभ हो भने, तपाईं आफ्नो मानसिक क्षमताको बारेमा थप गर्व गर्न सक्नुहुन्छ । अब जानौं, बि पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिहरूका केही प्रमुख विशेषताहरू के-के हुन्छन्:
१. सहयोगी स्वभाव: बि पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिहरू अत्यन्तै सहयोगी हुन्छन् । उनीहरू अरूको समस्यामा चासो राख्ने, साथ दिने र जहाँ आवश्यक पर्छ त्यहाँ सहयोग गर्न तत्पर रहने स्वभावका हुन्छन् ।
२. मिलनसार व्यक्तित्व: यी मानिसहरू सजिलैसँग अरूसँग घुलमिल हुन्छन् । सामाजिक सम्बन्ध बनाउने र सम्वादमा खुला रहने प्रवृत्तिका कारण उनीहरूलाई जतिसुकै नयाँ परिवेशमा पनि सजिलै घुलमिल हुन सक्ने क्षमता हुन्छ ।
३. आत्मविश्वासी र लक्ष्यप्रति प्रतिबद्ध: बि पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिहरू आत्मविश्वासले भरिपूर्ण हुन्छन् । आफ्नो लक्ष्य हासिल गर्नका लागि उनीहरू कुनै पनि चुनौतीको सामना गर्न तयार हुन्छन् । आफ्नो लक्ष्य प्रति गहिरो प्रतिबद्धता राख्ने उनीहरू मेहनत, लगनशीलता र धैर्यका उदाहरण हुन् ।
यस अनुसन्धानले देखाएअनुसार, केवल रोग पहिचानमै होइन, ब्लड ग्रुपले व्यक्तिको मानसिक विकास र सामाजिक व्यवहारमा समेत भूमिका खेल्दछ । यस्ता अध्ययनहरूले भविष्यमा शिक्षण, स्वास्थ्य सेवा र व्यक्तित्व विकासका क्षेत्रमा अझ गहिरो समझदारी ल्याउने अपेक्षा गर्न सकिन्छ ।
