Hungry Jack’s लाई Garfield Toy मा चेतावनी नदिएको अभियोगमा जरिवाना

अन्तर्राष्ट्रिय फास्ट फूड चेन Hungry Jack’s ले बालबालिकाका लागि वितरण गरिएको Garfield खेलौनामा आवश्यक button battery चेतावनी नदिएको अभियोगमा $150,240 (अष्ट्रेलियन डलर) जरिवाना तिरेको छ।

अष्ट्रेलियन प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (ACCC) का अनुसार, २०२४ मे २० देखि मे ३० सम्मको अवधिमा Hungry Jack’s ले २७,८५० वटा Garfield खेलौना वितरण गरेको थियो। ती खेलौनामा button battery रहेको भए पनि त्यसको खतराबारे उपभोक्तालाई स्पष्ट जानकारी वा चेतावनी दिइएको थिएन।

खेलौना सुरक्षासम्बन्धी मापदण्डअनुसार, ब्याट्री सुरक्षित रूपमा राखिएको भए पनि त्यसले पार्न सक्ने गम्भीर स्वास्थ्य जोखिमबारे उपभोक्तालाई चेतावनी दिनु अनिवार्य हुन्छ। चेतावनी नदिएको हुँदा यो प्रकरण उपभोक्ता सुरक्षाको गम्भीर उल्लङ्घन भएको ACCC ले जनाएको छ।

ACCC ले Hungry Jack’s विरुद्ध ८ वटा उल्लङ्घन सूचना (infringement notices) जारी गर्दै कम्पनीसँग अदालतबाट कार्यान्वयनयोग्य प्रतिबद्धता (court-enforceable undertaking) स्वीकार गराएको छ। कम्पनीले पनि चेतावनी नदिएको विषयलाई गैर-पालनको रूपमा औपचारिक रूपमा स्वीकार गरेको छ।

यस घटनापछि Hungry Jack’s ले खेलौना तुरुन्त प्रयोग नगर्न र बालबालिकाको पहुँचभन्दा टाढा राख्न उपभोक्तालाई आग्रह गर्दै उत्पाद फिर्ता (recall) गरेको छ। ग्राहकले उक्त खेलौना कम्पनीको नजिकको शाखामा फिर्ता गरेर non-battery toy प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यस्ता गल्ती भविष्यमा नदोहोरियोस् भनेर एक विशेष अनुपालन कार्यक्रम (compliance program) सुरु गर्ने बताएको छ, जसले ongoing safety risks घटाउने र उपभोक्ता सुरक्षामा थप सुधार ल्याउने जनाएको छ।