मेलबर्नस्थित नेपाली मन्दिरमा गरियो सुनको जलप लगाइएको बुद्धको मूर्ति प्रतिस्थापन

अस्ट्रेलियाको मेलबर्नस्थित नेपाली मन्दिरमा ३७ इन्च अग्लो, ५२ केजीको सुनको जलप लगाइएको बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ। यो मूर्ति लुम्बिनी-कपिलवस्तु विश्व अभियानको पहलमा उपलब्ध गराइएको हो।बौद्ध परम्परा अनुसार तीनजना लामाका गुरुले पूजापाठ गरी मूर्ति प्रतिस्थापन गरिएको थियो। मूर्ति प्रतिस्थापनअघि बुद्धको जन्मभूमि नेपाल हो भन्ने सन्देश प्रवर्द्धन गर्न झण्डा र प्लेकार्ड बोकेर र्‍याली समेत निकालिएको थियो।


र्‍यालीमा बुद्धिस्ट झण्डा र बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देशसहितका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो। साथै, पञ्चकन्याको झाँकीले सांस्कृतिक सौन्दर्य थपेको थियो।
यो मूर्ति प्रतिस्थापनले बुद्धको जन्मभूमि नेपाललाई विश्वभर प्रचार गर्न र नेपाली समुदायको सांस्कृतिक पहिचानलाई सशक्त बनाउन मद्दत पुर्याएको छ। अभियानले यस्तो मूर्तिको स्थापना गर्दै बुद्धको जन्मस्थलबारे सिर्जित भ्रमलाई समाप्त पार्ने उद्देश्य लिएको छ।मूर्ति प्रतिस्थापनले नेपाली संस्कृति र बुद्ध धर्मको महत्त्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने प्रयासलाई थप ऊर्जा प्रदान गरेको छ।