मंसिर १८, २०८१ काठमाडौँ: ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमलाई नेपालमा कन्सर्ट गराउने भएको छ । दिपल कन्सर्टमा मुख्य प्रायोजक हुने भएको हो । कन्सर्ट २५ डिसेम्बर (पुस १० गते) हुनेछ ।
कन्सर्ट नेपाली टच इभेन्ट्सले हायात ग्राउन्डमा आयोजना गर्न लागेको हो । कार्यक्रमका लागि एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।कार्यक्रममा प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।





