जो बाइडेनले छोरालाई कर छली र अवैध हतियार मुद्दामा दिए माफी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई कर छली र अवैध हतियार खरिद सम्बन्धी दुई आपराधिक मुद्दामा माफी दिएका छन् । ५४ वर्षीय हन्टर बाइडेन, जो बाइडेनका एकमात्र जीवित छोरा हुन्, यी मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति सन्तान बनेका छन् ।

सन् २०२१ मा हन्टरले कोकिन र मद्यपानको लत स्वीकार गरेका थिए र यस बारे उनले उपचार प्राप्त गरेको र लतबाट मुक्त भएका बताए । अवैध हतियार राख्ने र कर छलीको आरोपले हन्टरलाई संघीय जेलमा वर्षौंको सजायको सामना गर्ने सम्भावना थियो ।

गत जूनमा, उनले लागूऔषध प्रयोगकर्ता हुँदा अवैध रूपमा बन्दुक राखेको स्वीकार गरे र एक निर्णायकले उनलाई दोषी ठहर गरेको थियो । हन्टरसँग ३८ क्यालिबर कोल्ट कोबरा स्पेशल हतियार रहेको थियो, जुन उनले ११ दिनसम्म राखेका थिए ।