Western Australia सरकारले बढ्दो इन्धन खर्च र जीवनयापनको दबाब कम गर्न योग्य चालकहरूलाई एकपटकको १०० डलर Fuel Support Payment उपलब्ध गराएको छ।
यो सहयोग Western Australia बाट जारी भएको valid driver’s licence भएका व्यक्तिका लागि उपलब्ध हुनेछ। Learner’s permit, provisional अर्थात् P-plate licence र extraordinary driver’s licence भएका चालकले पनि रकम दाबी गर्न सक्नेछन्।
Payment प्राप्त गर्न आवेदकको Western Australia भित्रको residential address र Australian bank account हुनुपर्नेछ। प्रत्येक योग्य व्यक्तिले एकपटक मात्र १०० डलर प्राप्त गर्न सक्नेछन्।
तर expired वा suspended licence भएका, अन्य Australian state वा territory को licence प्रयोग गर्ने, overseas licence भएका तथा Western Australia बाहिर बसोबास गर्ने व्यक्तिले यो सहायता पाउने छैनन्।
योग्य चालकले ServiceWA app मार्फत आफ्नो Digital ID, driver’s licence number र bank account details प्रयोग गरी आवेदन दिन सक्नेछन्। App बाट सफलतापूर्वक आवेदन दिएपछि रकम सामान्यतया पाँचदेखि सात business days भित्र तोकिएको bank account मा जम्मा हुने बताइएको छ।
ServiceWA app प्रयोग गर्न नसक्ने व्यक्तिका लागि paper form मार्फत आवेदन दिने वैकल्पिक व्यवस्था पनि गरिएको छ। तर manual application को प्रक्रिया पूरा हुन आठ हप्तासम्म लाग्न सक्छ।
यो payment इन्धन खर्चमा मात्र प्रयोग गर्नुपर्ने अनिवार्यता छैन। प्राप्त रकम व्यक्तिले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न वा ServiceWA app मार्फत charity मा donate गर्न सक्नेछन्।
Fuel Support Payment का लागि आवेदन दिने अन्तिम मिति ३१ डिसेम्बर २०२६ तोकिएको छ। सरकारले योग्य चालकलाई आफ्नो licence, residential address र bank details सही रहेको सुनिश्चित गरेर समयमै आवेदन दिन आग्रह गरेको छ।




