सुनको मूल्य १ हजार घट्यो, चाँदीमा ५ रुपैयाँको गिरावट

काठमाडौं, २६ कात्तिक – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ थियो।

यस अघि, कात्तिक १५ गते सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो, जुन हालको मूल्यभन्दा ६ हजार रुपैयाँ बढी थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। अघिल्लो दिन १,९६० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य सोमबार १,९५५ रुपैयाँ पुगेको छ।