सुनको मूल्यमा दैनिक वृद्धि, बिहीबार छापावाल सुनको नयाँ उचाइ

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छ, जुन बुधबारको मूल्य भन्दा ३०० रुपैयाँले बढी हो। यससँगै सुनको मूल्यले दैनिक रूपमा नयाँ रेकर्ड कायम गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो, तर बिहीबारको मूल्य वृद्धिसँगै नयाँ उच्चतम बिन्दुमा पुगेको छ।यता, चाँदीको मूल्य भने स्थिर छ। चाँदी बिहीबार पनि प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिन बुधबारको मूल्यसँग समान छ।नेपालको सुनचाँदी बजारमा देखिएको यो मूल्य वृद्धि निरन्तर रूपमा अर्थशास्त्री र लगानीकर्ताको चासोको विषय बन्दै गएको छ।