महंगी बढेसंगै अष्ट्रेलियालीहरू चर्को मार मा पर्न थालेका छन् ,यसको असर गृहिणीदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरू लाइ पनि परिरहेको छ। जुलाई 1 देखि दैनिक उपभोग्य वस्तु, सार्वजनिक यातायात, भाडा र सार्वजनिक सेवा शुल्कको मूल्य ह्वात्तै बढेको छ ।
यद्यपि minimum wages वार्षिक रूपमा बढेपनि , High inflation ले मानिसहरूलाई बढी बचत गर्नबाट रोकेको अर्थशास्त्रीहरू बताउछन । फाइन्डर नामक एक वेभसाइटले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा दैनिक उपभोग्य वस्तु मा अत्यधिक मात्रा मा बृद्दी भएको देखाएको छ । “यस्तो मूल्य वृद्धि संग, मानिसहरू पर्याप्त आर्थिक दबाब मा रहेको फाइन्डरले उल्लेख गरेको छ ।
आलु, चामल, विभिन्न चिप्स , खाना पकाउने तेल, जस्ता वस्तुको मूल्य ह्वात्तै बढेको छ ।साथै खर्च व्यवस्थापन गर्न र बचत बढाउन मद्दत गर्नका लागि फाइन्डर का एक अधिकारी ले Smart सपिङ गर्नुपर्ने सुझाब दिएका छन् ।