अष्ट्रेलियाली सरकारका कोषाध्यक्ष जिम चाल्मर्सद्वारा आफ्नो दोस्रो कार्यकालको बजेट घोषणा

क्यान्वेरा – १४/मे – अष्ट्रेलियाली सरकारका कोषाध्यक्ष जिम चाल्मर्सले मे १४ मा आफ्नो दोस्रो कार्यकालको बजेट घोषणा गरेका छन् , बजेटमा सामाजिक समस्याहरूलाई सम्बोधन गर्दै आर्थिक अनिश्चितताहरूबाट अष्ट्रेलियालाई राहत दिने उद्देश्यले एक व्यापक योजनाको रूपरेखा प्रस्तुत गरिएको थियो । चाल्मर्सले यो बजेटमा दैनिक जीविकोपार्जन खर्च लाई राहत मिल्ने प्रतिज्ञा सहित दिगो विकासको लागि आधार तयार गर्दै मुद्रास्फीतिलाई सम्बोधन गर्ने कुरा दोहोर्याएका छन् ।
बजेटका मुख्य विशेषताहरूमा सबै करदाताहरूलाई लाभ हुने गरि कर कटौतीका केहि महत्त्वपूर्ण समायोजनहरू समावेश छन्। त्यस्तै शिक्षा र सीप विकास को कुरा, शैक्षिक ऋण कम गर्ने र अनिवार्य प्लेसमेन्ट गर्ने हरुलाई आर्थिक राहतको प्रस्तावहरू पनि बजेटमा समावेस छन।
चाइल्ड केयर बजेट भाषण को सबैको चासो बन्यो , चाइल्ड केयर कामदारहरूको तलब ब्रिद्दिको आशा बजेटले दिएको भएपनि चाइल्ड केयर शुल्क कटौती मापदण्डमा सम्भावित परिवर्तनहरूको बारे भने बजेटमा अन्योलता छ।
स्वास्थ्य र वृद्ध हेरचाह मा, सार्वजनिक अस्पताल र चिकित्सा अनुसन्धानमा सरकारी लगानी र साथै वृद्ध हेरचाह सेवाहरु को गुणस्तर अंतरहरु लाई सम्बोधन गर्न आवस्यक सुधारहरु लाई पनि बजेटको प्राथमिकतामा राखिएको थियो ।
रक्षा खर्च अन्तर्गत लामो दूरीको क्षेप्यास्त्रको क्षमता अभिब्रिद्दी र क्षेत्रीय सुरक्षा सुधार गर्ने प्रतिबद्धता साथै उक्त शिर्षकमा लगानी बढाईने भएको छ। इन्डो-प्यासिफिक क्षेत्रका लागि वैदेशिक सहायता विनियोजन पनि घोषणा गरिएको छ ।
त्यसै गरि पश्चिमी सिड्नीमा पूर्वाधार परियोजनाहरू, विशेष गरी साइकल पूर्वाधार प्रवर्द्धन र सार्वजनिक यातायात सञ्जालहरू विस्तारका निम्ति पर्याप्त रकम बिनियोजन गरिने भएको छ ।
“फ्यूचर मेड इन अष्ट्रेलिया” पहल अन्तर्गत, हरित ऊर्जा परियोजनाहरू सहित घरेलु र स्थानीय उद्योग र नविनतम सोच र योजना लाई प्रोत्साहन गर्न कोष विनियोजन गरिएको छ ।
लैङ्गिक समानताका उपायहरूमा घरेलु हिंसाका पीडितहरूका लागि आर्थिक सहयोग र अभिभावकीय बिदा लाभहरूमा वृद्धि बजेटमा समावेश भएको छ, आदिवासी मामिलाहरूमा, विभेद कम गर्ने र दुर्गम आवास सुधार गर्ने उद्देश्यले पहिले घोषणा गरिएका कार्यक्रमहरूको लागि रकम छुट्याइएको छ ।
बजेटले कानुनी र सुरक्षा सरोकारहरूलाई पनि सम्बोधन गरेको छ, राष्ट्रिय बन्दुक दर्ता स्थापना गर्न र सम्पत्ति शुद्धीकरण विरोधी उपायहरू बढाउनमा लगानी बढाउने भएको छ ।
समग्र रुपमा चाल्मर्सको बजेट भाषण दिगो विकास, आर्थिक सम्ब्रिद्दी, बिपन्न र पिछडिएका लाई राहत र राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने कुरामा केन्द्रित रहेको देखिन्छ, जेहोस यो बजेटले अष्ट्रेलियाको आर्थिक र सामाजिक चुनौतिहरू हल गर्न  सफल रहोस ।