वैवाहिक बलात्कारको आरोप : रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोप खेपेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । ओडले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा गत बिहिबार आत्मसमर्पण गरेका हुन् ।

वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेकाले पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारी पुगेर आत्मसमर्पण गरेका हुन् ।अदालतबाट पाँच दिनको म्याद थप गरेर उनी माथि अनुसन्धान भइरहेको छ । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका छन् ।