अधिकाश अष्ट्रेलियालीहरुले आर्थिक कठिनाइको सामना गरिरहनुपरेको एक अध्ययनले देखाएको छ ।करिब ६२ प्रतिशतले आर्थिक अभावका कारण खाद्यान्य र अन्य अत्आवश्यक वस्तुमा खर्च कटौती गरिरहेको तथा ५० प्रतिशतले अन्य बस्तुको खरिद स्थगित गरेको अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का शोधकर्ताले गरेको सर्वेक्षण र हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी मध्ये ६२ प्रतिशतको यस्तो धारणा आएको हो । प्रतिवेदनका प्रमुख लेखक तथा एएनयूका स्कुल अफ पोलिटिक्स एन्ड इन्टरनेसनल रिलेसन्सका प्रमुख निकोलस बिडलले सन् २०२० फेब्रुअरी पछिको सर्वेक्षणले वित्तीय तनावको दर उच्च देखिएको बताएका छन् । त्यसैगरि, जनवरीको एएनयू पोलमा सहभागीमध्ये ५० प्रतिशतले आवश्यक वस्तुमा कम खर्च गरिरहेको ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुमा कम खर्च गरिरहेको बताएका थिए ।