अष्ट्रेलियन विज्ञहरूले विकास गरे ‘Bite-proof’ wetsuit, shark आक्रमणबाट हुने जोखिम घटाउने आशा

spot_img

सिड्नी । अष्ट्रेलियन वैज्ञानिकहरूले समुद्रमा पौडी खेल्ने, सर्फिङ गर्ने र डाइभिङ गर्नेहरूलाई लक्षित गर्दै नयाँ प्रविधियुक्त ‘Bite-proof’ wetsuit, विकास गरेका छन्। परीक्षणका नतिजाले यो प्रविधिले शार्क आक्रमणबाट हुने गम्भीर क्षति कम गर्न सक्ने देखाएपछि यसलाई समुद्री सुरक्षा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

shark आक्रमण बढ्दो क्रममा

shark आक्रमण विरलै हुने भए पनि पछिल्ला वर्षहरूमा अष्ट्रेलिया र विश्वभर यसको संख्या बढ्दै गएको छ। यसै महिना सिड्नीको लङ रीफ बीचमा एक सर्फरको शार्क आक्रमणमा मृत्यु भएपछि यस विषयले फेरि ध्यान खिचेको थियो। परम्परागत रूपमा सरकारले समुद्रतटीय क्षेत्रमा सुरक्षाका लागि शार्क नेटजस्ता उपायहरू प्रयोग गर्दै आएको भए पनि हाल व्यक्तिगत सुरक्षा प्रविधिप्रति चासो बढ्दो क्रममा छ।

नयाँ सामग्रीको वैज्ञानिक परीक्षण

Flinders Universityको साउदर्न शार्क इकोलोजी ग्रुप का अनुसन्धानकर्ताहरूले चार प्रकारका बाइट–रेसिस्टेन्ट वेटसुट सामग्री—Aqua Armour, Shark Stop, ActionTx-S, र Brewster—लाई परीक्षण गरेका थिए। यी सामग्रीहरूमा अल्ट्रा–हाई मोलेकुलर वेट पोलिथिन प्रयोग गरिएको छ, जुन हल्का र अत्यन्तै बलियो तन्तु हो। यो प्रायः नौकायन रस्सीमा प्रयोग हुने भएकाले यसको लचिलोपन र मजबुतीमा शंका रहँदैन।

यस प्रविधिको विशेषता भनेको परम्परागत चेनमेल वेटसुटभन्दा निकै हल्का र लचिलो हुनु हो। चेनमेल वेटसुटलाई तौल र कठोरताका कारण सर्फिङ वा डाइभिङमा प्रयोग गर्न असहज भए पनि यी नयाँ सामग्रीहरू सहजै प्रयोग गर्न सकिने देखिएको छ।

अनुसन्धानका निष्कर्ष

अनुसन्धान टोलीका सदस्यDr. Tom Clarkeका अनुसार सबै परीक्षण सामग्रीहरूले चोटको गम्भीरता घटाउने क्षमता देखाए। “परीक्षण गर्दा सामान्य नियोप्रीन सामग्रीमा देखिने गहिरा र घातक क्षति यी सामग्रीमा न्यून देखियो। यसले ठूलो रक्तस्राव वा अंग गुम्ने सम्भावना घटाउन सक्छ,” Clarkeले भने।

उनीसँगै अनुसन्धानमा संलग्न प्राध्यापक चार्ली हुभेनीर्सले थपे, “यी वेटसुटहरूले सबै जोखिम हटाउन सक्दैनन्। आन्तरिक चोटपटक हुने सम्भावना रहन्छ, तर बाह्य घाउ, रक्तस्राव र गम्भीर क्षति कम गर्न सकिन्छ, जसले जीवन बचाउन मद्दत पुर्‍याउन सक्छ।”

sharkआक्रमण र विश्वव्यापी चुनौती

श्वेत (white) र बाघ (tiger) sharkलाई विश्वमा सबैभन्दा बढी घातक प्रजाति मानिन्छ। यी प्रजातिबाट हुने आक्रमण प्रायः गम्भीर हुने भएकाले अनुसन्धानलाई विशेष महत्त्व दिइएको हो। तटीय जनसंख्या विस्तार र समुद्री गतिविधि बढ्दो क्रममा रहेका कारण मानिस–शार्क सम्पर्क विश्वभर बढिरहेको तथ्याङ्कले देखाउँछ।

व्यावहारिक प्रयोगतर्फ कदम

अनुसन्धानकर्ताहरूले वेटसुट प्रयोग गर्ने सामान्य उपभोक्तादेखि व्यावसायिक डाइभर वा सर्फरहरूले पनि यस प्रविधिबाट लाभ लिन सक्ने बताएका छन्। Huveneersका अनुसार, “हाम्रा निष्कर्षहरूले व्यक्तिगत सुरक्षा उपकरण रोज्दा सचेत निर्णय लिन मद्दत गर्नेछ। साथै, यो प्रविधि व्यावसायिक काममा संलग्न व्यक्तिहरूका लागि पनि उपयुक्त हुनेछ।”

shark आक्रमणबाट हुने जोखिम पूर्ण रूपमा हटाउन नसकिए पनि अष्ट्रेलियन विज्ञहरूले परीक्षण गरेका नयाँ बाइट–प्रूफ वेटसुट सामग्रीहरूले मृत्यु वा गम्भीर चोट कम गर्ने सम्भावना बलियो देखिएको छ। विज्ञहरूको भनाइमा, निरन्तर अनुसन्धान र व्यावसायिक विकाससँगै नजिकिँदै गरेको भविष्यमा यी वेटसुटहरू सामान्य प्रयोगका लागि बजारमा उपलब्ध हुनेछन्, जसले समुद्री सुरक्षामा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

spot_img