एक लगानी घरमा मात्र कर सुविधा सीमा प्रस्ताव : ACTU महासचिव Sally McManus

Advertisement

क्यानबेरा,  अष्ट्रेलियाली ट्रेड युनियन सङ्गठन ACTU की महासचिव Sally McManus ले आवास सङ्कट र पुस्तान्तर असमानता घटाउन, नकारात्मक गियरिङ र पूँजी लाभ कर (CGT) छुट मात्र एक लगानी घरसम्म सीमित गर्न पाँच वर्षे योजना अघि सारेको बताएकी छन्।

उनका अनुसार, हाल आफूले बसोबास गर्ने घरजस्तो अवसरबाट अधिकांश युवक वञ्चित हुँदै गएका छन्। “हामीले अब ‘bite the bullet’ गर्नुपर्छ — युवाले घरको सपना देख्न पाउनुपर्छ, तर अहिले त्यो सपना मेटिएको छ,”

प्रस्तावअनुसार हालका व्यवस्था पाँच वर्षसम्म कायम राखिने छन्, र त्यसपछि क्रमशः लागू गरिनेछ। यसरी गर्दा वार्षिक कर राजश्वमा करिब $1.5 अर्ब डलर योगदान पुग्नेछ र आगामी चार वर्षमा करिब $6 अर्ब डलर बजेटमा थपिने अपेक्षा ।

घरको मूल्य र युवापुस्ताको पीडा

McManus ले पछिल्ला २५ वर्षमा घरका मूल्यहरू मजदुरी वृद्धिभन्दा दुई गुणा बढेको तथ्य प्रस्तुत गरिन्। उनले भनिन्, “केही थोरै लगानीकर्ताले लगानी घरहरूको २५% हिस्सा धारण गरेका छन् — जसले बजारको असमानता बढाएको हो।” एक अनुसन्धानले सिड्नीमा करिब ७ हजार युवाको बसोबास स्थिर नहुँदा “नातिनातिनाबिना सहर” बन्ने खतरा औँल्याएको छ। ।

व्यवसायिक समुदायको आलोचना

यस प्रस्तावलाई व्यवसायिक समूहहरूले “ad hoc कर क्याप्चर” भन्दै आलोचना गरेका छन्। Bran Black, अस्ट्रेलियन बिजनेस काउन्सिलका प्रमुख, यसलाई प्रतिस्पर्धा कमजोर पार्ने जोखिम भएको बताए।

त्यस्तै, COSBOA अध्यक्ष Matthew Addison ले ACTU लाई “करको इच्छा सूची पूरा गर्ने अवसरको रूपमा प्रयोग गरेको” आरोप लगाए। उनका अनुसार, साना व्यवसायहरूले महँगी र कर बढ्दा प्रतिस्पर्धा गुमाउने डर बढेको ।

श्रमिक र व्यवसायबीच विवाद

यो विषय अगस्ट महिनामा Canberra मा हुने आर्थिक राउन्डटेबल श्रमिक र व्यवसाय समुदायबीच मुख्य बहसको केन्द्र बन्ने देखिएको छ।

पछिल्ला चुनावमा Labor पार्टीले यसबारे नीति ल्याउने प्रयास गरे पनि असफल भएको थियो। तर हाल ACTU र “Labor for Housing” जस्ता समूहले पुनः यो मुद्दा उठाउँदै दबाब सिर्जना गरिरहेका छन्।

McManus को निष्कर्ष छ:
“यदि हामीले अब पनि परिवर्तन गरेनौ भने, हामीले भविष्यका पुस्तालाई नै त्यागेको ठहरिनेछ।”

spot_img