अस्ट्रेलियामा mortgage stress को जोखिममा परेका नागरिकको संख्या निरन्तर बढ्दै गएको नयाँ अनुसन्धानले देखाएको छ। Roy Morgan को पछिल्लो मासिक तथ्यांकअनुसार एक महिनामै थप ६५ हजार अस्ट्रेलियन mortgage stress को जोखिममा परेका छन्।
यससँगै mortgage stress को जोखिममा रहेका अस्ट्रेलियनको संख्या १५ लाख ३८ हजार पुगेको छ। यस वर्ष लगातार तीन पटक interest rate वृद्धि भएपछि धेरै घरधनीहरूको आम्दानीको ठूलो हिस्सा बैंक repayment मा खर्च भइरहेको छ।
Mortgage stress भनेको घरधनीको आम्दानीको निश्चित सीमाभन्दा बढी रकम mortgage repayment मा जानु हो। आम्दानी र खर्चको अवस्था अनुसार यो सीमा फरक हुन सक्छ।
Roy Morgan का अनुसार अझ गम्भीर अवस्थामा रहेका नागरिकको संख्या पनि उच्च छ। पछिल्लो तथ्यांकले १० लाख ८४ हजार अस्ट्रेलियन “extremely at risk” अवस्थामा रहेको देखाएको छ। यसको अर्थ, उनीहरूका लागि interest-only mortgage payment धान्न समेत कठिन हुन सक्ने अवस्था हो।
Reserve Bank of Australia ले गत साता interest rate ४.३५ प्रतिशतमै स्थिर राखे पनि mortgage holders माथिको दबाब कम भएको छैन। Roy Morgan CEO Michele Levine का अनुसार mortgage stress लगातार चार महिनादेखि बढिरहेको छ, जसले अस्ट्रेलियन household budget मा परेको गहिरो दबाब देखाउँछ।
RBA Governor Michele Bullock ले interest rate ले mortgage भएका परिवारलाई ठूलो असर गरिरहेको स्वीकार गरेकी छन्। तर inflation नियन्त्रण गर्नु अझै पनि प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ।
अब सार्वजनिक हुने inflation data लाई बजार र borrower दुवैले नजिकबाट हेरिरहेका छन्। Inflation अपेक्षाभन्दा कम आएमा आगामी महिनामा rate hike को सम्भावना घट्न सक्छ, तर inflation उच्च नै रह्यो भने RBA माथि फेरि interest rate बढाउने दबाब कायम रहनेछ।
Roy Morgan को अनुमानअनुसार आगामी महिनाहरूमा mortgage stress अझै बढ्न सक्छ। यदि अगस्तमा ०.२५ प्रतिशतले rate hike भएमा थप ६२ हजार अस्ट्रेलियन mortgage stress को जोखिममा पर्न सक्ने अनुमान गरिएको छ।





