
पर्थ अष्ट्रेलिया,अष्ट्रेलियाको पश्चिमी राज्य वेस्टर्न अष्ट्रेलियामा Schindler Lifts मा कार्यरत विद्युत् ट्रेडर्स युनियन (ETU WA) का सदस्यहरूले न्यायोचित तलब वृद्धि, सुपरएन्युएसन र PROTECT इनकम प्रोटेक्शन सुविधा माग गर्दै तीन हप्तादेखि हड्ताल गरिरहेका छन् I।
ETU WA अनुसार, यो आन्दोलन २१ दिनभन्दा बढी समयदेखि जारी रहेको छ र सयौं कामदारले भाग लिएको बताइएको छ । कामदारहरूले अन्य राज्यमा लिफ्ट उद्योगका नयाँ सम्झौतामा वार्षिक ६% सम्म तलब वृद्धि र सुविधा भएको बताउँदै, “हामी पूर्वी तटका सहकर्मीहरू जस्तै उपचार चाहन्छौं” भन्ने स्पष्ट पारेका छन् ।
Schindler र युनियनबीच ९ वटा EBA बैठकहरू सम्पन्न भए पनि कुनै निष्कर्ष वा सम्झौता हुन नसकेको, र कम्पनीले केही “best and final offers” ल्याए पनि कामदारहरूको मुख्य माग सम्बोधन नगरेको ETU WAले आरोप लगाएको छ । यसले कम्पनी–कामदार सम्बन्धमा गम्भीर दरार निम्त्याएको स्थानमा युनियनसँगको विश्वास घटेको बताइएको छ ।
यो शृङ्खला आन्दोलन पनि होइन—ETU WA का अनुसार Schindler Lifts का कामदारहरूले २००९ मा ६ हप्तासम्म, २०१३ र २०२१ मा ३ हप्तासम्म हड्ताल गरेका थिए। चार वर्षको अन्तरालमा हुने यस्ता आन्दोलनहरूलाई कामदारहरू “Schindler Olympics” को नामले व्यङ्ग्यपूर्ण रूपमा उल्लेख गर्छन्।
यसपटक पनि वार्षिक तलब र सुपरएम्युएसनमा १–१% को अन्तरमा वार्ता अड्किएपछि विवाद चर्किएको हो। साथै कामदारहरूले कम्पनीको वर्तमान “self-insurance” प्रणाली हटाएर राष्ट्रिय स्तरमा समेत उपलब्ध रहेको PROTECT इनकम प्रोटेक्सन सुविधा अपनाउन माग गरेका छन् ।
हालसम्म २१ दिनसम्मको आन्दोलनपछि पनि कम्पनीले नयाँ वार्ता बोलाएको छैन, यद्यपि युनियन बारम्बार वार्ताका लागि तयार रहेको बताउँदै आएको छ। कामदारहरूले “एक दिन लामो लड्यो भने पनि हामी अझ बलिया हुन्छौँ” भन्ने नारा सहित हड्ताललाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
