करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

Advertisement

    रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पोखरिया निवासी रामपुकार यादवकी १४ वर्षीया छोरी रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।

    गुजरा नगरपालिका ६ बेदौलीस्थित लत्रिएको विजुलीको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी रोशनीको उपचारका लागि सरकारी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि इलाका प्रहरी कार्यालय गुजरा घटनास्थलमा पुगेको छ र यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।

    spot_img