क्विन्सल्याण्डले २०३२ ओलम्पिकका लागि पूर्वाधार सम्झौता गरेपछि ऐतिहासिक उपलब्धि

spot_img

ब्रिसबेन — २०३२ मा हुने ओलम्पिक खेलकुदका लागि क्विन्सल्याण्ड राज्य र अष्ट्रेलियन संघीय सरकारले पूर्वाधार निर्माणमा ७ अर्ब अष्ट्रेलियन डलर बराबरको संयुक्त लगानी गर्ने सम्झौता गरेसँगै तयारीले महत्वपूर्ण मोड लिएको छ।

सरकारबीच भएको सहमति अनुसार १७ वटा खेलस्थलहरू निर्माण वा स्तरोन्नति गरिनेछन्। उक्त लागतमध्ये संघीय सरकारले झन्डै आधा हिस्सा योगदान दिनेछ भने १.२ अर्ब डलर नयाँ भिक्टोरिया पार्क स्टेडियमको निर्माणमा खर्च गरिनेछ।

क्विन्सल्याण्डका उपमुख्यमन्त्री ज्यारोड ब्लेइजी का अनुसार, “यो सम्झौताले पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रमा लगानी, स्थानीय समुदाय र कामदारहरूका लागि स्पष्टता र सुनिश्चितता ल्याउनेछ।”

संघीय पूर्वाधार मन्त्री क्याथरिन किङ ले भनिन्, “भिक्टोरिया पार्क क्षेत्रमा हरित क्षेत्रको पहुँचलाई प्राथमिकता दिँदै नयाँ मास्टर प्लान तयार पारिनेछ। यसका लागि प्रभावित समुदाय र आदिवासी (First Nations) समूहहरूसँग परामर्श गरिनेछ।”

यस्तै, खेलस्थलहरूसँग जोडिने यातायात पहुँचको योजना पनि आवश्यक हुने जनाइएको छ। यद्यपि, उपमुख्यमन्त्री ब्लेइजीले नयाँ रेल स्टेशनको योजना हालसम्म औपचारिक रूपमा प्रस्तुत नभएको स्पष्ट पारे।

यो सम्झौताले ओलम्पिक आयोजनाका लागि पूर्वाधार निर्माणमा गति ल्याउने अपेक्षा गरिएको छ, जसले क्विन्सल्याण्ड राज्यलाई दीर्घकालीन लाभ पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

spot_img