

ओरान पार्क, एनएसडब्ल्यू — जब जीवनका लागि आधारभूत आवश्यकताहरू नै कठिन सपना हुन्छन्, त्यहाँबाट परिवर्तनको यात्रा सुरु गर्न साहस चाहिन्छ। त्यस्तै साहसी यात्रा हो रमेश सिंह ठकुरीको — नेपालका दुर्गम पहाडबाट अष्ट्रेलियाको समृद्ध सहरसम्म, संघर्षका थुप्रै मोड पार गर्दै उनी आज एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिँदैछन्।
रमेशको जन्म र बाल्यकाल नेपालकै एक पिछडिएको जिल्ला, जाजरकोटको बारेकोट गाउँमा बित्यो — जहाँ स्कुल जानु विलासिता थियो, र सामान्य रोगले पनि ज्यान लिने अवस्था थियो। उनले विद्यालयको पोशाक नलगाएको कारण साथीहरूको नजर झेल्नु परेको, औषधिको अभावमा नजिकको मानिस गुमाउनु परेको दिनहरू सम्झन्छन्। तर, यही पीडाले उहाँको जीवनमा परिवर्तनको बीउ रोप्यो।
विदेशमा संघर्ष, तर मूलमा सेवा
सीमित आर्थिक हैसियत, शून्य सामाजिक चिनजान र असीम सपनासहित रमेश अष्ट्रेलिया आइपुगे। अरूले देख्दैनन्, नबोल्दैनन्, तर भोगिरहन्छन् — त्यस्ता संघर्ष उहाँको जीवनमा सामान्य थिए। ट्याक्सी चलाउनेदेखि लिएर रेस्टुरेन्टमा काम गर्ने, रात्रिकालीन पठनपाठन, अनि परिवार र आत्मासँगको टाढोपन — यी सबै भोगाइका बीच रमेशले आफ्नो आत्मबल गुमाएनन्।
समयक्रममा उहाँले Lola Cocina Spanish Restaurant, Janaki Tours & Travels, Janaki Rentals, Annapurna Function Centre, र Janaki Foundation जस्ता प्रतिष्ठित व्यवसायिक तथा सामाजिक संस्थाहरूको स्थापना गर्नुभयो। तर व्यवसाय उहाँको परिचय होइन, समाजप्रतिको प्रतिबद्धता नै उहाँको परिचय हो।
Janaki Foundation: सेवाको जीवन्त प्रतिबिम्ब

Janaki Foundation मार्फत रमेशले नेपालमा उल्लेखनीय सामाजिक पहलहरू सञ्चालन गर्दै आएका छन्:
- कोभिड महामारीमा खाद्यान्न, औषधि र सहयोग सामग्री वितरण
- अनाथ बालबालिकाको संरक्षण र शिक्षा पहुँच
- छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्दै ग्रामीण बालबालिकालाई सशक्त बनाउने अभियान
- भूकम्प र पहिरो पीडितहरूका लागि राहत र पुनर्निर्माण सहयोग
- दुर्गम गाउँहरूमा बालशिक्षा प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन
यी कार्यहरू कुनै प्रचारका लागि होइनन्, गहिरो मानवीय भावनाबाट प्रेरित निःस्वार्थ सेवा हुन्।
युवाको शक्ति, आशा र नेतृत्वको प्रतिनिधि
रमेश सिंह ठकुरी अब अष्ट्रेलियामा रहेका नेपाली युवाहरूको प्रतिनिधित्व गर्न चाहन्छन् — ती युवा जसले दबाब, एक्लोपन, असुरक्षा र दिशाहीनताको सामना गरिरहेका छन्।
उहाँको कार्ययोजना यथार्थमा आधारित र समाधानमुखी छ:
- रोजगार सहायता: CV लेखन, तालिम, अन्तरवार्ता तयारी
- मानसिक स्वास्थ्य सचेतना: पोकीज, जुवा, लत र एक्लोपन विरुद्ध सहायता
- नयाँ विद्यार्थी र आप्रवासीहरूका लागि सेटलमेन्ट सपोर्ट
- डिजिटल सीप र उद्यमशिलता प्रवर्द्धन
- खेलकुद र सांस्कृतिक माध्यमबाट युवा सशक्तिकरण
“मैले मौन संघर्ष गरेको छु। अहिले म ती मौन आवाजहरूको बलियो प्रतिनिधि बन्न चाहन्छु,” रमेशले भावुक हुँदै भनेका छन्। उनका लागि नेतृत्व केवल हैसियत होइन — यो जिम्मेवारी हो, युवाको आत्मबल जगाउने अवसर हो।
Team Ekata: एकताको विचार, सेवाको संकल्प

रमेश सिंह ठकुरी Team Ekata मार्फत उम्मेदवार बन्नुहुन्छ — जुन समूह विविधता, पारदर्शिता र सेवामा विश्वास गर्छ। यो केवल टिम होइन, एक साझा सपना हो — जहाँ हरेक नेपालीको आवाज समेटिन्छ, सुन्छ र कार्यान्वयन गरिन्छ।
सन्देश
“हामीले धेरै सुनेर बसेका छौं, अब बोल्ने होइन, काम गर्ने समय हो। युवालाई नेतृत्व दिनुहोस्, भविष्य बदलिन्छ।”


![Photo NN[1]](https://avyuktnews.com/wp-content/uploads/2025/07/Photo-NN1-696x392.jpg)



