अष्ट्रेलियामा डढेलो नियन्त्रणको तालिम लिँदै १५ जना नेपाली प्रतिनिधि

The current image has no alternative text. The file name is: Talim-768x358-1.jpg
Advertisement

सिड्नी — अष्ट्रेलिया एवार्ड कार्यक्रम अन्तर्गत १५ जना नेपाली प्रतिनिधिले अष्ट्रेलियामा डढेलो (वन आगलागी) नियन्त्रणसम्बन्धी विशेष तालिम लिएका छन्। उनीहरूले अष्ट्रेलियाका विभिन्न राज्य र क्षेत्रको भ्रमण गर्दै अग्नि नियन्त्रकहरूसँग प्रत्यक्ष अन्तरक्रिया मार्फत आगलागी रोकथाम, नियन्त्रण र व्यवस्थापनका विषयमा ज्ञान हासिल गरेका छन्।

तालिममा सहभागी हुने प्रतिनिधिहरुमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सशस्त्र प्रहरी बल, नेपाली सेना, चुरे तराई मधेश संरक्षण विकास बोर्ड, सामुदायिक वन उपभोक्ता महासंघ, र विश्व वन्यजन्तु कोष नेपाल (WWF Nepal) का अधिकारीहरू रहेका छन्।

यस तालिमको उद्देश्य नेपालमा बढ्दो डढेलो समस्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभ्यास र प्रविधि सिकेर त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको आयोजकले जनाएका छन्।

डढेलो नियन्त्रणमा अगुवा मानिने अष्ट्रेलियाको अनुभव, रणनीति र उपकरणहरूको अवलोकन गर्दै नेपाली टोलीले आफ्नो कार्यक्षेत्रमा उपयोग गर्न सक्ने व्यवहारिक ज्ञान प्राप्त गरेको बताइएको छ।

नेपालमा प्रत्येक वर्ष सुक्खा याममा वन डढेलोबाट लाखौं हेक्टर वनजंगल र जैविक विविधता प्रभावित हुने भएकाले यस्ता तालिमले दीर्घकालीन समाधानमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

The current image has no alternative text. The file name is: Talim2-768x358-1.jpg
spot_img