
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कार्य प्रति मन जानेछ । साताको मध्यमा आश्वासन दिनेहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्छन् । घरको सर सफाईमा समय बित्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनाले आँटेका कार्य सम्पादन गर्नमा सफल भइनेछ । सानो प्रयास पनि लक्ष्य प्राप्त गर्नमा सहायक हुनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । मित्रको माध्यमबाट अड्केको कार्य प्रारम्भ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा व्यापार व्यवसायमा आफन्तको साथ मिल्नेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूको साथ मिल्ला । साताको मध्यमा साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा जग्गा जमीनलाई लिएर घर परिवारमा विवाद हुन सक्ला, सावधान रहनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको मध्यमा आकस्मिक धन लाभ हुनेछ । पारिवारिक समस्या सुल्झिनेछन् । पहिला गरेका कार्यबाट लाभ मिल्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा लगनशीलताको उचित प्रतिफल मिल्नेछ । कृषि वा पशुपालनबाट मनग्य लाभ प्राप्त गर्न सक्नुहुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा उद्योग र कारोबारमा थप लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ । व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक रोजगारमा बाधा आउनेछ । भौतिक सुख सुविधामा धन खर्चका योग छन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ । कार्य क्षेत्र वा पारिवारिक मामलाहरूमा अतिरिक्त समय दिनुपर्ला । साताको मध्यमा धार्मिक यात्राको योग बनिरहेको छ । कार्य क्षेत्रमा सीनियर र जुनियर दुबैको सहयोग मिल्नेछ । साताको अन्तिममा घरपरिवारसंग रमाइलो समय बित्नेछ । अविवाहित हुनुहुन्छ भने मनचाहा जीवन साथीको खोज पूरा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भ लाभदायी रहनेछ । नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस्, सफलता मिल्नेछ । व्यापारमा साझेदारसँग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ । साताको मध्यमा स्वास्थ्यमा चिकित्सकको सल्लाह लिनुहोस् । पिताको साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा धर्म कर्म प्रति रुचि बढ्नेछ । यात्रा सुखदायी रहनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा आकस्मिक धन लाभका योग छन् । सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ । कानुनी मामलाहरूमा सफलता मिल्नेछ । शत्रुहरू हार खानेछन् । साताको मध्यमा कार्य क्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ । आफन्तहरूबाट मनचाह सहयोग नमिल्ला । साताको अन्तिममा सानोतिनो कुरालाई बेवास्था गरेर अगाडि बढ्नुहोस् । कार्य क्षेत्रमा सहकर्मीको साथ नमिल्नाले मन अप्रसन्न रहनेछ । कार्य समयमा समापन नहुनाले अज्ञात भय रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नुहोस्, सफलता पाइनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । स्वरोजगारको नयाँ मार्ग प्रशस्त हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भ कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ संगै पेटजन्य समस्या बढ्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको अन्तिममा आयआर्जनका स्रोत बढ्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ । सामाजिक कार्यले छरछिमेकीबाट प्रशंसा पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा आफन्तसँग मनमुटावमा सुल्झिनेछ । घैर्यको कमीले कार्य क्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्ला । साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला । गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा इष्टमित्र वा प्रभावी व्यक्तिको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन् । रोजगारको खोजमा हुनुहुन्थ्यो भने नोकरीमा सफलता मिल्नेछ । साताको मध्यमा आर्थिक धनहानिका योग छन् । आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ । साताको मध्यमा विद्यार्थीहरूको अनुपेक्षित रूपले परीक्षामा सफलता प्राप्त हुनाले मन प्रसन्न रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
