क्यानबेरामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५ एक कार्यक्रम सहित मनाईयो

अभिशेक खड्का, विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको स्मरणमा मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवस यस वर्ष पनि अष्ट्रेलियाको क्यानबेरा शहरमा एक कार्यक्रमसहित सम्पन्न भएको छ।

मे ३१ का दिन Federation of Nepalese Communities Associations of Australia (FENCAA) तथा यसका सदस्य संस्थाहरूको समन्वयमा आयोजित यस कार्यक्रमको मुख्य आकर्षण सामूहिक पदयात्रा र BBQ कार्यक्रम रहेको थियो।

कार्यक्रम बिहान १०:०० बजे Regatta Point, Commonwealth Park बाट सुरु भएको थियो जहाँ सहभागीहरूले नेपाली झण्डा र “अन्तर्राष्ट्रिय सगरमाथा दिवस” लेखिएको प्यानल बोकेर सगरमाथा संरक्षणको सन्देशसहित सामूहिक पदयात्रा गरेका थिए।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालकी राजदूत चित्रालेखा यादव, संघीय तथा राज्य सरकारका विशिष्ट प्रतिनिधिहरू, पर्वतारोहिहरु ,नेपाली समुदायका अग्रजहरु,सामाजिक अभियन्ता तथा नेपाली युवापुस्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

साझा BBQ कार्यक्रमले सहभागीहरूबीच आपसी भेटघाट, संवाद र साँस्कृतिक आत्मीयता बढाउन सहयोग पुर्‍याएको आयोजकहरू बताउँछन्।FENCAA का अनुसार कार्यक्रमको मुख्य उद्देश्य सगरमाथा र सम्पूर्ण हिमाली क्षेत्रको संरक्षणप्रति जनचेतना फैलाउने, पर्वतारोहणको इतिहास र साहसिकतालाई सम्मान गर्ने, साथै अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई सांस्कृतिक रूपमा एकताबद्ध गर्नु रहेको थियो।
सबै उमेर समूहका लागि खुला र निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रममा ठूलो संख्यामा नेपाली समुदायको सहभागिता देखिएको थियो। आयोजकहरूले यस कार्यक्रमले नेपाली पहिचान, गौरव र सांस्कृतिक समृद्धिको उज्ज्वल प्रस्तुति दिएको विश्वास व्यक्त गरेका छन्।

spot_img